२८ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ भर्ना खुला, अधिकृतदेखि सहायकस्तरसम्म माग

काठमाडौं । सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्षपछि नयाँ भर्ना खुला गरेको छ । संस्थानले लोक सेवा आयोगबाट स्वीकृत वार्षिक कार्यतालिका अनुसार रिक्त रहेका विभिन्न पदमा दरखास्त आह्वान गर्दै शुक्रबार सुचना प्रकाशन गरेको हो।

संस्थान प्रमुख तथा महाप्रवन्धक लालबहादुर ऐरीको पहलमा खुला गरिएको भर्नाले संस्थाको कार्यसम्पादन र प्रशासनिक संरचनालाई जीवन्त बनाउने विश्वास व्यक्त गरिएको छ। ऐरीका अनुसार लामो समयदेखि रोकिएको नियममित पदपूर्ति र बढुवा प्रक्रिया पनि यसैसँग खुला गरिएको हो ।

संस्थानले प्रशासन, प्राविधिक र पत्रकारिता सेवामा नयाँ भर्ना खुला गरेको जानकारी दिएको छ । यसअनुसार, खुला प्रतियोगितात्मक परीक्षा मार्फत ९१ जना, आन्तरिक प्रतियोगितात्मक परीक्षा मार्फत १८९ जना, गरी जम्मा २८० जनाको भर्ना गरिनेछ।

विशेषगरी, पहिलो पटक संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन स्वीकृत गरी सोही प्रतिवेदनअनुसार संस्थानले आगामी भर्ना र बढुवा प्रक्रिया अघि बढाएको छ।
खुला भर्नामा माग भएका केही पदहरू यस प्रकार छन्ः
नायब कार्यकारी निर्देशक – नौ तहमा एक जना
समाचारदाता (नेपाली) – ६ तहमा नौ जना
समाचारदाता (अंग्रेजी) – ६ तहमा सात जना
फोटो पत्रकार (फोटोग्राफी तथा कला) – दुई जना
प्रशासनका विभिन्न तहमा समेत नयाँ कर्मचारीको माग

खुला प्रतियोगितात्मक परीक्षाका लागि दरखास्त फागुन ७ गतेसम्म बुझाउनुपर्ने छ भने दोव्बर दस्तुर तिरी दरखास्त फागुन १४ गतेसम्म बुझाउन सकिने संस्थानले जनाएको छ।
इच्छुक उम्मेदवारले फारम संस्थानको वेबसाइटबाट डाउनलोड गरी एफो साइजको पेपरमा प्रिन्ट गरी हालसालै खिचेको पासपोर्ट साइजको ३ प्रति फोटो टाँसी सम्पूर्ण विवरण भरी गोरखापत्र संस्थान, केन्द्रीय कार्यालय, धर्मपथ, काठमाडौंमा दरखास्त पेश गर्न सक्नेछन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि