१२ माघ २०८२, सोमबार
मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

पूर्वराजा ज्ञानेन्द्र जनकपुरधाममा, आज जानकी मन्दिर दर्शन गर्ने

जनकपुर । पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरधाम आईपुगेका छन् । शाह आईतबार (हिजो) बेलुकी जनकपुरधाम आईपुगेका हुन ।

पूर्वराजा शाह सडक मार्ग हुँदै हिजो बेलुकी ६ः३० बजे जनकपुरधाम आईपुगेको राष्ट्रिय प्रजातन्त्र पार्टीको स्वागत मुल समारोह समिति धनुषाका संयोजक श्रवण कुमार झाले जानकारी दिए । उनीसंगै पूर्व रानी कोमल राज्य लक्ष्मी देवी शाह पनि जनकपुरधाम आईपुगेकी छन् ।

पूर्वराजा शाह र पूर्वरानीले आज दिउँसो ३ बजे जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको संयोजक झाले जानकारी दिए । उनका अनुसार आज पूजापाठ गरी पूर्वराजा शाह र रानीले जनकपुरमै रात्री विश्राम गर्ने कार्यक्रम रहेको छ ।

केही दिन अघि रास्वपाले जनकपुरधाममा गरेको चुनावी सभामा सहभागी हुन काठमाडौंका निवर्तमान मेयर बालेन्द्र शाह बालेन, रवि लामिछानेलगायतका नेताहरु बसेको होटेलमा पूर्व राजाका छोरा पारस शाहसमेत बास बसेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि