११ माघ २०८२, आईतवार
मधेश मुख्‍य समाचार राजनीति समाचार

राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा मतदान जारी

जनकपुर । राष्ट्रिय सभामा रिक्त रहेको १७ सदस्यको पदका लागि मतदान भइरहेको छ ।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा विहान ९ बजेदेखि मतदान जारी रहेको छ । मधेश प्रदेशमा चार सिटका लागि ११ जना उम्मेदवार रहेका छन् भने ३६४ जना मतदाता रहेका छन् ।

३६४ जना मतदातामध्ये १०० जना प्रदेशसभा सदस्य र २६४ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख रहेका छन् ।

आइतबार भइरहेको राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेस—एमाले—जसपा नेपाल गठबन्धनमा छन भने नेकपाले एक्लै चारवटै क्षेत्रमा आफ्नो उम्मेदवार खडा गरेको छ ।
जसपा नेपालको समर्थनमा लोसपाबाट अन्यमा सर्लाहीका महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् भने कांग्रेसबाट अल्पसंख्यकतर्फ सप्तरीका रञ्जित कर्ण, दलिततर्फ रौतहटका धर्मेन्द्र पासवान, महिलातर्फ महोत्तरीकी एमालेकी रेखा झाले उम्मेदवार दिएकी छन् ।

त्यस्तै नेकपाबाट अल्पसंख्याकतर्फ रौतहटका रामानन्द प्रसाद, अन्यतर्फ सर्लाहीका लक्ष्मण पौडेल, दलिततर्फ सर्लाहीका शम्भु पासवान र महिला तर्फ धनुषाकी समी अग्रवालको उम्मेदवारी परेको छ ।

जसपा नेपालले आफ्ना तीन उम्मेदवारको उम्मेदवारी निष्क्रिय बनाए पनि उनीहरूको नाम मतपत्रमा भने कायम छ ।

जसपा नेपालबाट अल्पसंख्यकबाट शैलेश चौधरी, महिलातर्फ चन्द्रकला साह र दलिततर्फ चमेली दासको उम्मेदवारी निष्क्रिय भएको हो । मतदान दिउँसो ३ बजेसम्म चल्ने छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि