१० माघ २०८२, शनिबार
मधेश मुख्‍य समाचार समाचार

रौतहटमा दुई मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु

रौतहट । रौतहटको राजदेवी नगरपालिकामा शुक्रबार दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई युवकको मृत्यु भएको छ ।
बिहान करिब ११ः४० बजेको समयमा राजदेवी नगरपालिका वडा नं. १ स्थित पथरा स्कुल नजिकै गौर–पिपरा भित्री सडक खण्डमा उक्त दुर्घटना भएको हो । गंगापिपराबाट गौरतर्फ आउँदै गरेको प्र.२–०३–०१८ प ३३४६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको द्यच्३०ब्ँ २३७० नम्बरको भारतीय मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै मोटरसाइकल चालकलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो । अस्पताल पु¥याएलगत्तै चिकित्सकले दिउँसो १२ः०० बजे दुवैलाई मृत घोषणा गरेका हुन् ।
जिल्ला प्रहरी कार्यलय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक बिष्णु प्रदिप बस्यालका अनुसार मृत्यु हुनेमा रौतहट दुर्गाभगवती गाउँपालिका वडा नं. २, पिपरा बजार ३० वर्षीय अशोक महतो र रौतहट राजदेवी नगरपालिका वडा नं. २, हजमिनिया का २९ वर्षीय अरबिन्द महतो रहेका छन ।
यस घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक विश्वनाथ यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि