१६ चैत्र २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

काठमाडौँ, २ माघः विभिन्न खेलको कला प्रदर्शनमा २१ पटकका गिनिज वल्र्ड रेकर्ड राख्न सफल दिनेश सुनारलाई अमेरिकामा खेल विज्ञानमा मानार्थ विद्यावारिधि प्रदान गरिएको छ । इन्टरनेशनल इन्टर्नशीप युनिभर्सिटीले हालै स्पोर्टस् साइन्स एण्ड ह्युमन पर्फमेन्समा मानार्थ विद्यावारिधि दिएको हो ।

विश्वभर केबल असाधारण नेतृत्व र प्रेरणादायी योगदान दिने व्यक्तिहरूलाई प्रदान गरिने सो उपाधि अन्तरराष्ट्रिय रूपमा प्रशंसित पार्कर खेलाडी, उत्कृष्ट जिम्नास्ट, स्टन्ट कलाकार र सहनशीलताको विश्व दूतका रूपमा अन्तरराष्ट्रिय ख्याति कमाएका नेपालका डा सुनारले पहिलोपटक पाएका हुन् ।

सन् २०२५ मा विश्वभरबाट उनीसहित जम्मा चार जनालाई सो सम्मान प्रदान गरिएको थियो । उनी भन्छन्, यो सम्मानले दृढ सङ्कल्प र अवसरले सफलता सम्भव हुन्छ भन्ने कुराको पुष्टि भएको छ, साथै नेपालको प्रतिष्ठालाई अन्तरराष्ट्रिय जगतमा बढाउन मद्दत पुग्नेछ ।

नेपालको प्रतिनिधित्व गर्दै उनले राष्ट्रिय तथा अन्तरराष्ट्रिय जिम्नास्टिक्स प्रतियोगितामा धेरैपटक स्वर्ण पदक जित्न सफल भएका छन् । अमेरिकास्थित वल्र्ड फ्रि रनिङ पार्कर फेडरेशनको प्रशिक्षक रहेएका उनी सन् २०२४ देखि अमेरिकी पार्कर एम्बेसडरका रूपमा संस्कृति र महादेश जोड्दै स्वतन्त्रता, गति र आत्मअभिव्यक्तिको विचार बाँडिरहेका छन् । उनले बलिउड, कोलिउड र नेपाली चलचित्रमा ५० भन्दाबढी स्टन्ट प्रदर्शन गरिसकेका छन् । भविष्यमा नेपालमा व्यावसायिक पार्कर एकेडेमी स्थापना गर्ने योजना रहेको उनी बताउछन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि