१६ असार २०८३, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

रामेछापमा यसरी मनाइयो राष्ट्रिय योग दिवस

रामेछाप । रामेछापमा यस वर्ष राष्ट्रिय योग दिवस अघिल्ला वर्षभन्दा फरक र व्यवहारिक ढंगले मनाइएको छ ।

विगतमा योग दिवसका अवसरमा र्याली तथा सचेतनामूलक कार्यक्रम आयोजना गरिँदै आएकोमा यस वर्ष भने प्रत्यक्ष योग अभ्यासमार्फत दिवस मनाइएको हो ।

दिवस मूल समारोह समितिको आयोजना तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछाप, शिक्षा विकास तथा समन्वय इकाइ रामेछाप, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र रामेछाप, पतञ्जली योग समिति रामेछाप तथा जीवन विज्ञान रामेछापको संयुक्त आयोजनामा मन्थलीस्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको सभाहलमा योग अभ्यास कार्यक्रम सम्पन्न भएको हो ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र रामेछापकी प्रमुख सिताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीलाई विभिन्न प्रकारका योग अभ्यास गराइएको थियो । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, पतञ्जली योग समिति तथा जीवन विज्ञान रामेछापका साधक–साधिकाहरूले योगका विविध अभ्यास र प्रविधिहरू सिकाएका थिए ।

योग अभ्याससँगै आयोजित प्रवचन कार्यक्रममा वक्ताहरूले योग, ध्यान तथा प्राणायामको शारीरिक, मानसिक र आत्मिक महत्वबारे जानकारी गराएका थिए । दैनिक जीवनमा योगको प्रयोगले स्वास्थ्य सन्तुलन कायम गर्न मद्दत पुग्ने उनीहरूको भनाइ थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि