२२ फाल्गुन २०८२, शुक्रबार
मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

जैविक विविधता संरक्षणमा महिलाको भूमिकासम्बन्धी प्रशिक्षण

मलङ्गवा सर्लाही, २२ पुसः जलवायु परिवर्तन र जैविक विविधता संरक्षणसम्बन्धी जिल्लास्तरीय महिला प्रतिनिधिका लागि प्रशिक्षण तथा संवाद कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति सर्लाहीको सभाहलमा सोमबार आयोजित कार्यक्रममा जलवायु परिवर्तनका प्रभाव, त्यसले महिलाको जीवनयापनमा पार्ने असर तथा जैविक विविधता संरक्षणमा महिलाको भूमिकाबारे छलफल गरिएको थियो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य भारती पाठकले असामान्य वर्षा, लामो खडेरी, बाढी, डुबान, शीतलहर तथा अत्यधिक गर्मीले कृषि उत्पादन, खाद्यसुरक्षा र महिलाको दैनिक जीवनमा प्रत्यक्ष असर पारिरहेका विषयका बारेमा जानकारी गराए । विशेषगरी ग्रामीण क्षेत्रका महिला प्रतिकूल मौसम र जलवायु परिवर्तनको असरबाट बढी प्रभावित हुने गरेका उनको भनाइ छ ।
यस्ता प्रशिक्षण तथा संवाद कार्यक्रमले जलवायु परिवर्तनको असर न्यूनीकरणका बारेमा छलफल हुनुका साथै वातावरण संरक्षणमा महिला प्रतिनिधिको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने पाठकले बताए ।
जलवायु विशेषज्ञ हेम पाठकले मौसम र जलवायुबीचको भिन्नता स्पष्ट गर्दै जलवायु परिवर्तनका असरसम्बन्धी विश्वव्यापी असरबारेका प्रस्तुतीकरण गरे । उनले मानव क्रियाकलापका कारण हरितगृह ग्यास उत्सर्जन बढ्दै जाँदा जलवायु परिवर्तनका नकारात्मक असर देखिन थालेको उल्लेख गरे ।
जिल्ला समन्वय समितिका अध्यक्ष कौशल किशोर सिंहको अध्यक्षता तथा बागमती प्रदेशसभा सदस्य भारती पाठकको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बरहथवा नगरपालिकाकी प्रमुख कल्पना कटुवालसहित जिल्लाका विभिन्न पालिकाका महिला जनप्रतिनिधि, सरोकार भएका निकायका प्रतिनिधिहरूले जलवायु परिवर्तनको असर न्यूनीकरण, अनुकूलनका उपाय तथा स्थानीय तहमा जैविक विविधता संरक्षणका अभ्यासबारे अनुभव आदानप्रदान गरेका थिए ।
कार्यक्रम महिला अधिकार तथा स्रोत सञ्जालको आयोजनामा तथा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको सहयोगमा सम्पन्न भएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि