१ फाल्गुन २०८२, शुक्रबार
मधेश मुख्‍य समाचार समाचार समाज

मंगलबार मानवसेवा आश्रम रौतहट शाखालाई जिन्सी सामग्री हस्तान्तरण

रौतहट । मानवसेवा आश्रम रौतहट शाखामा एस.एल.सी. ब्याच २०६० समूहद्वारा जिन्सी सामग्री तथा बेलुकाको भोजन सहयोग प्रदान गरिएको छ।

मंगलबार चन्द्रपुर नगरपालिका–०६, चन्द्रनिगाहपुरस्थित जनज्योति माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरू, अर्थात् एस.एल.सी. ब्याच २०६० समूहले आश्रितहरूको दैनिक सेवा व्यवस्थापनका मद्दत पुर्‍याउने उद्देश्यले न्यानो ब्ल्याङ्केट, जुत्ता, मोजा, सरसफाइ सामग्रीहरू हस्तान्तरण गरेका छन्। साथै, उनीहरूले आश्रमका बुवाहरूको लागि बेलुकाको भोजन समेत प्रदान गरेका थिए।

जाडो मौसमलाई मध्यनजर गर्दै प्रदान गरिएको यस सहयोगले आश्रित बुवाहरूलाई अझ न्यानो र सुरक्षित वातावरण उपलब्ध गराउन सहयाेग पुगेकाे छ ।

शैक्षिक संस्थाभित्रको मित्रता र एकता कायम राख्दै समाजमा सकारात्मक योगदान पुर्‍याउने प्रेरणादायी उदाहरण प्रस्तुत गर्दै एस.एल.सी. ब्याच २०६० समूहका सदस्यहरूले आफ्नाे सामाजिक जिम्मेवारीप्रति गहिरो समर्पण देखाएका छन्।

मानवसेवा आश्रम रौतहट शाखाले यस मानवीय सेवामा सहकार्य तथा योगदान गर्नुहुने सम्पूर्ण समूहप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै समाजमा करुणा, मानवता र सेवा भावनाको सन्देश अझ सशक्त भएकाे कुरा उल्लेख गरेकाे छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि