८ माघ २०८२, बिहीबार
मधेश मुख्‍य समाचार समाचार

अत्याधिक चिसो बढेपछि जनकपुरधामका विद्यालयहरु चार दिन बन्द

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरू आजदेखि चार दिनसम्म बन्द भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले एक सूचना जारी गर्दै आजदेखि १६ गतेसम्म सबै पालिकाभित्रका सम्पूर्ण विद्यालयहरुमा जाडो बिदा दिएको छ ।
यस अवधिको बिदा भने विद्यालयको वार्षिक बिदाबाट कट्टा हुने गरी लागू गरिएको शाखाले जनाएको छ ।
यस अघि उपमहानगरपालिकाले एक दिनको लागि बिदा दिएको थियो तर मौसममा सुधार नभएपछि चार दिन बिदा थप गरिएको हो ।
करिब एक हप्तादेखि जनकपुरधामसहित तराई मधेशका जिल्लाहरुमा एक्कासी जाडो बढेकाले जनजीवन प्रभावित भएको छ । बालबालिका र वृद्धाहरुलाई झन बढि समस्या भोग्नु परेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि