१२ पुष २०८२, शनिबार
कर्णाली मुख्‍य समाचार समाचार

अपाङ्गतामैत्री संरचनाले अपाङ्गता भएका विद्यार्थीलाई पठनपाठनमा सहज

भेरीगङ्गा सुर्खेत, ११ पुसः सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ का हेमराज परियार शारीरिक रुपमा अपाङ्गता भएका व्यक्ति छन् । उनीलाई ह्विलचियरमा हिँडडुल गराउनुपर्छ । बाह्र वर्षीय परियार सानैदेखि पढाइमा रुचि राखे । हेमराजकी आमाले उहाँलाई विद्यालयसम्म छोड्छन् । तर विद्यालयमा विगतमा अपाङ्गतामैत्री शौचालय नहुँदा हेमराजलाई समस्या हुने गरेको थियो ।

“विद्यालयमा शौचालय धेरै टाढा थियो, ह्विलचियर लिन मिल्ने पनि थिएन”, हेमराजकी आमा कौशिलाले भने, छोरो स्कुल गएर पढ्न रहर गर्ने, उसलाई ह्विलचियरमै हिँडडुल गराउनुपर्ने हुन्छ, तर विद्यालयमा अपाङ्गतामैत्री शौचालय नहुँदा समस्या भयो । अनि हामीले विद्यालय पठाउन छाड्यौँ । केही समयपछि विद्यालयमा अपाङ्गतामैत्री शौचालय बनेपछि अहिले सहज भएको छ, फेरि विद्यालय पढ्न पठाउँछौँ ।

हेमराज अहिले कक्षा ४ मा अध्ययनरत हुनुहुन्छ । परिलक्षित संस्थाले रु सात लाखको लागतमा अपाङ्गतामैत्री शौचालय बनाइदिएपछि हेमराजजस्तै शारीरिक अपाङ्गता भएका विद्यार्थीका लागि शौचालय जान सहज भएको छ ।

अहिले उक्त विद्यालयमा २४३ विद्यार्थी अध्ययनरत् छन् भने १६ अपाङ्गता भएका बालबालिका रहेको प्रधानाध्यापक हर्कबहादुर बुढा बताउछन ।

हाम्रो विद्यालय २०५३ सालमा स्थापना भएको हो । हामीले अपाङ्गता भएका बालबालिकाका लागि छुट्टै कक्षा पनि सञ्चालनमा ल्यायौँ । आवासीय रुपमा श्रवण शक्ति नभएका बालबालिकालाई पनि पढाइरहेका छौँ, तर विद्यालयमा अपाङ्गतामैत्री शौचालय र शुद्ध खानेपानीको समस्या थियो, धेरै ठाउँमा पहल गरेपनि सुनुवाइ भएको थिएन । परिलक्षित संस्थाले अहिले अपाङ्गतामैत्री शौचालय निर्माण र शुद्ध खानेपानी व्यवस्था गरिदिएपछि सहज भएको छ, उनले भने।

संस्थाले अपाङ्गता भएका बालबालिकाका लागि पोषणयुक्त खाना, लत्ताकपडाका लागि पनि सहयोग गरेको प्रधानाध्यापक बुढाले बताए। सरकारले उपलब्ध गराउने रकम अपुग भइरहेको अवस्थामा संस्थाले गरेको सहयोगले अहिले सहज भएको उनले बताए।

परिलक्षित संस्थाले सन् २०२२ देखि पोषणयुक्त खाजा एवं विभिन्न शैक्षिक सहयोग दिन थालेपछि स्रोत कक्षा सञ्चालन गरिरहेको छ । ‘फेल्म नेपालको सहयोगमा परिलक्षित संस्थाले सञ्चालन गरिरहेको शैक्षिक परियोजना कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयमा अध्यनरत् अपाङ्गता भएका विद्यार्थीलाई केन्द्रित गरेर शैक्षिक सहयोग गर्ने गरेको छ ।

शिखर मावि रामघाट सुर्खेत, जनसेवा मावि घुर्सालगायतका विद्यालयमा विद्यालयले प्रस्ताव गरेअनुसार अपाङ्गता भएका विद्यार्थीका लागि विभिन्न शैक्षिक सहयोगदेखि अन्य अपाङ्गतामैत्री भौतिक संरचना निर्माणमा सहयोग गरिरहेको परियोजनाका फिल्ड अधिकृत राजु लामिछानेले जानकारी दिए ।

उनले भने, स्थानीय तहहरुसँग मिलेर अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका छौँ, विशेषगरी अपाङ्गता भएका बालबालिकाको पढाइ नरोकियोस्, भनेर हामीले विभिन्न स्रोत कक्षा सञ्चालन गरिरहेका विद्यालय तथा विपन्न घरपरिवारका अपाङ्गता भएका बालबालिकालाई सहयोग गर्ने गरेका छौँ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि