५ पुष २०८२, शनिबार
मधेश मुख्‍य समाचार समाचार समाज

बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

महोत्तरी, ४ पुसः बर्दिबास नगरपालिका ६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य ऊर्जा जडान गर्न सुरु भएको छ । टेरा सोल इनर्जी कम्पनीले नेपाल विद्युत् प्राधिकरणको स्वीकृत परियोजना अनुसार उक्त आयोजनाको काम सुरु गरेको हो ।
छ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको उक्त आयोजनाको लागत रु एक अर्ब २० करोड लाग्ने जनाइएको छ । बर्दिबास ६ र ७ का ८० भन्दा बढी किसानको ४० बिघा जग्गा ३० वर्षको भोगाधिकारसहितको भाडा लिज मा लिएर निर्माण कम्पनीले काम थालेको हो ।
छ महिनाभित्र २० मेगावाट विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रिड महाशाखालाई हस्तान्तरण गरिने लक्ष्यका साथ काम थालिएको निर्माण कम्पनीका कार्यकारी निर्देशक पूजा चन्दले बताए । आयोजना निर्माणको शुभारम्भ मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले बिहीबार एक समारोहबीच गरेका हुन् ।
निर्माण थालिएको सौर्य ऊर्जा जडानको काम निर्धारित समयमा सम्पन्न गरेर विद्युत् उत्पादन गर्ने योजना रहेको चन्दले बताए। हामीले काम सुरु गरिसकेकाले छ महिनाभित्र उत्पादन हुने अपेक्षा छ । उत्पादित विद्युत् ढल्केबर ग्रिड महाशाखालाई उपलब्ध गराउने छौँ, उनले भन, यहाँ उत्पादन हुने सौर्य ऊर्जाको विद्युत् महोत्तरी र धनुषाका १० हजारभन्दा बढी परिवारको उपयोगमा आउने छ ।
काम सुरु भएसँगै चौलिखा वरपरका किसान खुसी भएका छन् । हाम्रो लागि स्थानीयस्तरमा ठूलो आयोजनाको काम थालिएको छ, हामी खुसी छौँ, बर्दिबास–७ का जगन्नाथ महतोले भने, सिँचाइ नभएको बाँझो जग्गाको उपयोग हुनुका साथै हामीलाई आर्थिक लाभ पनि भएको छ । कम्पनीले प्रतिकट्ठा जग्गाको बर्सेनि रु चार हजार २५० भाडा दिने र प्रत्येक दुई वर्षमा १० प्रतिशत वृद्धि गर्ने सम्झौता भएको उनले जानकारी दिए।
उक्त सम्झौता कम्पनी र किसानले बर्दिबास–६ वडा समितिको कार्यालयको रोहबरमा गरेका हुन् । आयोजनअन्तर्गत चार वटा ट्रान्सफर्मर, ६८ वटा इन्भर्टर र तीन लाख ३३ हजार सौर्य सोलर प्यानल लाग्ने कम्पनीले जनाएको छ । सौर्य ऊर्जा जडानबाट वातावरणमा प्रतिकूल प्रभाव नपर्ने र कम झन्झटिलो हुने विद्युत् क्षेत्रका विज्ञको भनाइ छ ।
यो हामीकहाँ एकदम कम समयमा सफल हुने आयोजना हो, सौर्य ऊर्जा प्लान्ट जडानमा वातावरणीय प्रतिकूलता नहुने र कम समयमै उत्पादन लिन सकिने हुँदा यो प्रभावकारी हुनेछ, ढल्केबर ग्रिड महाशाखाका प्रमुख श्रीनारायण मण्डलले भने , यसले निर्धारित समयमा उत्पादन दिएर हामीलाई दिने विद्युत् महोत्तरी र धनुषाका सर्वसाधारणले उपभोग गर्नेछन् ।
आयोजनाको शिलान्यास गर्दै मुख्यमन्त्री यादवले मुलुकको परिप्रेक्षमा विद्युतीय ऊर्जा समृद्धिको मुख्य आधारमध्ये एक रहेको उल्लेख गरे । आयोजना सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग र समन्वय गरिने उनले प्रतिबद्धता जनाए ।
यस्ता आयोजनालाई परिआउने सबै सहयोग प्रदेश सरकारले गर्छ, मुख्यमन्त्री यादवले भने , हामी यस्ता अन्य आयोजनाको स्वागतका लागि तयार छौँ । यो आयोजना निर्माणको थालनीले महोत्तरीको उत्तरी भेगका सयौँ नागरिकले रोजगारीको अवसर पनि पाउने जनाउँदै उनले रोजगारीका लागि स्थानीयलाई प्राथमिकता दिन निर्माण कम्पनीसँग अनुरोध गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि