५ पुष २०८२, शनिबार
मधेश मुख्‍य समाचार समाचार

जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा उपमहानगरपालिकाको कडाई

जनकपुर । जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा कडाई गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले आइतबारदेखि उपमहानगरमा दर्ता रहेको ई–रिक्सा बाहेकलाई नगर भित्र सञ्चालन गर्न नदिने नियम लागू गरेको छ ।
उपमहानगरपालिकाले धनुषा ट्राफिक कार्यालयको सहयोगमा नगरप्रहरी सहित अन्य ठाउँमा दर्ता भएको ई–रिक्सालाई जनकपुरधाममा प्रवेश गर्न र चलाउनमा निषेध गरेको छ ।
जनकपुरधामको सडकमा बढ्दै गएको ई–रिक्साको संख्याले पैदलयात्रुसहित अन्य वाहनहरुलाई समस्या भोग्नु परेकोले यसलाई नियन्त्रण गर्न यो कदम उठाइएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले जानकारी दिए ।
उनले आइतबारदेखि चोकहरुमा माइकिङ्ग गरेर दर्ता नभएका टेम्पु, ई–रिक्सालाई परिक्रमा सडक तथा सडक भित्र प्रवेश निषेध गरिएको बारे जानकारी गराउन सुरु गरिएको बताए । उनका अनुसार उपमहानगरको निर्देशन विपरित कुनै ई–रिक्साले नगरभित्र प्रवेश गरेमा २ सय रुपैयाँ जरिवाना तिर्नु पर्नेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि