५ पुष २०८२, शनिबार
मधेश मुख्‍य समाचार समाचार

लहान नगरपालिकालाई कम्प्युटर, प्रिन्टर र स्मार्ट बोर्ड हस्तान्तरण

सिरहा, २५ मङ्सिरः अन्तरराष्ट्रिय गैरसरकारी संस्था हेल्भेटासले लहान नगरपालिकालाई पाँच थान कम्प्युटर, पाँच थान प्रिन्टर तथा एक थान स्मार्ट बोर्ड प्रदान गरेको छ ।

सिलिड्स परियोजना मार्फत हेल्भेटासले बुधबार यहाँ आयोजित एक कार्यक्रममा ती सामग्री हस्तान्तरण गरेको हो । हेल्भेटासका स्थानीय प्रतिनिधि श्रद्धा श्रेष्ठले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झालाई ती सामग्री हस्तान्तरण गरे।

यसअघि स्वास्थ्य क्षेत्रमा कार्यरत संस्था आसमान नेपालले नगरपालिकालाई कम्प्युटर, प्रिन्टर, दराज, टेबल, पङ्खा प्रदान गरेको थियो । निजी तथा आवासीय विद्यालयहरूको संस्था प्याब्सन सिरहा, कार्नीभल सिनेमा हललगायत स्थानीय सङ्घसंस्थाले पनि डेस्कटप कम्प्युटर, ल्यापटप, प्रिन्टर र फर्निचर उपलब्ध गराएका थिए ।

जेनजी आन्दोलनका क्रममा नगर कार्यपालिका भवनका साथै उपकरणमा क्षति भएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि