६ पुष २०८२, आईतवार
मधेश मुख्‍य समाचार समाचार

मधेसमा मन्त्रीको लोभ गरेपछि गुम्यो कञ्चन बिच्छाको सांसद पद

जनकपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेसकी सांसद कञ्चन विच्छाको पद गएको छ । मधेस प्रदेश सभाले शुक्रबार विच्छालाई सांसद पदबाट हटाएको सूचना जारी गरेको हो ।

नेकपा एमालेको नेतृत्वमा सरकार गठन भएपछि विच्छा पार्टीको आधिकारिक निर्णयविरुद्ध गई प्रदेश सरकारमा वन तथा वातावरण मन्त्री बनेकी थिइन् । पार्टीले उनलाई तुरुन्तै मन्त्रीबाट राजीनामा दिन निर्देशन दिए पनि उनले मानिनन् ।

उनको यही अटेरीका कारण राप्रपाले १२ मंसिरमा प्रदेशसभामा पत्र पठाउँदै विच्छाको प्रदेशसभा सदस्यता खारेज गर्न अनुरोध गरेको थियो । राप्रपाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ अनुसार सांसदबाट हटाइदिन माग गरेको थियो ।

सोही अनुरोधका आधारमा प्रदेशसभा सचिवालयले कार्यसञ्चालन नियमावली २०७५ का नियम १९० र १९१ बमोजिम जानकारी गराउँदै औपचारिक सूचना प्रकाशित गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि