६ पुष २०८२, आईतवार
मधेश मुख्‍य समाचार समाचार समाज

अर्नमा गाउँपालिका–५ को स्वास्थ्य चौकीमा म्याद सकिएको औषधि वितरण

सिरहा । सिरहा को अर्नामा गाउँपालिका वडा नं. ५ मा रहेको स्वास्थ्य चौकीमा म्याद सकिएको ट्याब्लेट बिरामीलाई दिइएको कुरा बाहिर आएपछि स्थानीयहरू आक्रोशित बनेका छन् ।

उपचारका नाममा बिरामीको स्वास्थ्यसँग सीधा खेलवाड भएको भन्दै सेवा लिने नागरिकले कडा रूपमा आपत्ति जनाएका छन् ।

स्थानीयका अनुसार नियमित निगरानी नहुनु, औषधिको स्टक चेक नगर्नु र स्वास्थ्यकर्मीहरूको लापरवाहीका कारण यस्तो घटना दोहोरिरहँदा पनि कसैले गम्भीरता दिएका छैनन् । ‘बिरामी त उपचार खोज्दै आउँछन्, तर यहाँ त उल्टै स्वास्थ्य जोखिममा पार्ने काम भइरहेको छ ।’ एक स्थानीयले कडा रूपमा आक्रोश व्यक्त गरे ।

यस घटनापछि सम्बन्धित चौकीप्रमुख र गाउँपालिकालाई तत्काल छानबिन गरी जिम्मेवारमाथि कडा कारबाही गर्न माग गरिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि