६ पुष २०८२, आईतवार
मधेश मुख्‍य समाचार समाचार

सिरहामा कार, हाइस, मोटरसाइकल  र विङर एकआपसमा ठोकिँदा १० जना घाइते

सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ स्थित मैनावती खोला नजिक कार, हाइस, मोटरसाइकल  र विङर आपसमा ठोकिँदा दस जना भन्दा बढी यात्रु घाइते भएका छन् ।

घाइतेहरूमध्ये अधिकांशको उपचार गोलबजारका विभिन्न स्थानीय अस्पताल तथा क्लिनिकहरूमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुको नाम–थर तथा विस्तृत विवरण संकलन भइरहेको छ । घाइतेको संख्या पनि थप यकिन गर्ने कार्य जारी रहेको बताइएको छ ।

दुर्घटनापछि करिब आधा घन्टासम्म राजमार्ग अवरुद्ध बनेको थियो भने प्रहरी र स्थानीयहरुको सहयोगमा हाल सडक सूचारु भइसकेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि