५ फाल्गुन २०८२, मंगलवार
मधेश मुख्‍य समाचार समाचार

चुहिएको छानो र झ्यालको पल्ला फेर्ने देवको सपना अधुरै

बरहथवा सर्लाही, ८ मङ्सिरः छब्बिस वर्षीया पार्वती सुवेदीको अझै मन सम्हालिएको छैन् । उनलाई गत भदौ २४ गतेको त्यो दिनले अहिले पनि एक्लै बस्न दिँदैन । त्यो दिन सम्झँदा अहिले पनि उनी भक्कानिनु हुन्छ । सत्ताइस वर्षका श्रीमान् देवकुमार सुवेदीको जेन्जी आन्दोलनको क्रममा गोली लागेर मृत्यु भएपछि उहाँका हरेक दिनहरू पीडामा बितेका छन् ।

आफूनो जीवनको खुसी खोसिएको भदौ २४ गतेले आफूलाई बेलाबेलामा झस्काउने गरेको उनी सुनाउछन् । दिनभरि यताउता गरेर बित्छ, जब साँझ पर्छ, श्रीमान् आउनु हुन्न भन्ने मनमा पर्दा मन भक्कानिएर आउँछ आपूm र श्रीमान्ले भएको ऋणधन तिरेर छोरीको भविष्य बनाउन देखेको सपनाले सताइरहेको उनले बताए ।

भदौको तेस्रो हप्ता जेन्जी आन्दोलन हुने हल्ला सुरु भयो । आन्दोलन कस्तो होला ? अन्योल थियो । देवकुमार पनि श्रीमती र छोरीसहित ललितपुरको सानेपामा रहेको सडक डिभिजन कार्यालयमा ज्यालादारी कर्मचारीको रुपमा कार्यरत थिए । कार्यालय सहयोगी, चालकदेखि सुरक्षा गार्डसम्मको काम गर्ने भएकाले उनी कार्यालय परिसरमै रहेको क्वाटरमा बस्ने गरेका थिए ।

पहिलो दिनको आन्दोलनमा केही विद्यार्थीको गोली लागेर ज्यान गएपछि भोलिपल्टको अवस्था थप जटिल बन्यो । भदौ २३ गते आन्दोलन हुँदासम्म काठमाडौँका अधिकांश कार्यालय सञ्चालनमै थिए । त्यसकारण देवकुमार पनि कार्यालयमै व्यस्त भए । तर, दिउँसो भएको आन्दोलन अनियन्त्रित भएपछि काठमाडौँमा कफ्र्यू आदेश जारी भयो ।

अधिकांश मानिस अघिल्लो दिनको बर्बरतापूर्ण दमनको प्रतिकारमा उत्रन आतुर देखिएका थिए । सोही हुटहुटीले देवकुमारलाई पनि सडकसम्म ल्यायो । बिहानै अफिसको मोटामोटी काम सकेर उनी कोठामा आए, पार्वतीले भने, मैले आज अफिस खुल्छ त ? भनेर सोधँे । उनले खै भन्ने जवाफ दिए ।

हामी कोठामा नियमित काममा लाग्यौँ । हाम्रो नौ वर्षकी छोरी छिन् । उनी मसँगै थिइन् । उनको कामबाट आएको तलबले मात्र हामीलाई खर्च कम हुन्थो । थोरै भए पनि सहयोग हुन्छ, भनेर मैले पनि बिहानको समयमा काम गर्ने गरेको थिएँ । यसरी पनि नहुने भयो भनेपछि उनले एकजना दाजुसँग मिलेर बिहान–बेलुका कालीमाटीमा तरकारी व्यापार गर्ने योजना बनाए ।

घटनाको दिन स्मरण गर्दै पार्वती भन्छिन्, त्यो दिन सडक विभागको कार्यालय बन्द हुने भएपछि तरकारी व्यापार साझेदारसँग भेटेर फर्पिङमा लप्सीका लागि अपुग पैसा पु¥याउन जाने भनेर ३५ हजार रुपैयाँ बोकेर निस्किए । उनले जाने बेलामा साझेदार दाजुकोमा खाना खाने योजना छ भनेर सुनाउनु पनि भयो । त्यसपछि हामी आमाछोरी खाना खान बस्यौँ । तर, उनले गाडी नपाएपछि घर फर्कनु भएछ । पैसा पठाई दिएँ तर जान मिलेन भनेर घर आउनु भएपछि मैले खान खानु न त भनेँ, उनले मान्नु भएन । आन्दोलन हेरेर आउँछु भनेर निए। आन्दोलनमा होमिएकाहरुलाई उनले खाना फलफूल बाँडेर आएका रहेछन् । मैले पनि त्यही खाएँ भनेर, खान खान मान्नु भएन । ब्याग र नयाँ जुत्ता कोठामै राखेर पुरानो जुत्ता लगाएर फेरि जान्छु भनेर हिँडे।

पार्वती भन्छन्, मैले नजानुस् हिजो त्यस्तो घटना भएको छ । भनेर सम्झाउन खोजेँ तर उहाँले बाहिर देश परिवर्तनको आँधीबेहरी चलेको छ । हामी जस्तो युवा घरमा लुकेर बसेर हुन्छ रु देश लुटेराहरुले भ्रष्टाचार गरेर आफू मात्र बने, देश खोक्रो पारे । म कालीमाटीसम्म पुगेर हेरेर आउँछु, भन्दै उहाँ हिँडे । म र छोरी खाना खाएर बसेका थियौँ । एकैछिनमा बल्खु तर्फबाट ठूलो सङ्ख्यामा आन्दोलनकारीहरु आए । त्यो देखेपछि मेरो मनमा पनि चिसो पस्यो । त्यतिबेलासम्म मेरो दिदी पनिसँगै थिइन् । दिदीलाई अनुरोध गरेर श्रीमान्लाई खोज्न हिँडेका हामी आन्दोलनकारीको भीडमा हराएपछि दिदीले सानो नानी बोकेर यस्तो भीडमा हिँड्नु हुन्न, उनी आउछन् भनेपछि हामी कोठामा फर्कियौँ ।

कोठामा फर्किएको केही बेरमै कोठा नजिकै होटल चलाउने दाजुले आएर बहिनी अस्पताल जनुप¥यो भन्नुहुँदा उनको मनमा चिसो पस्यो । उनी सम्झन्छन्, म त्यसबेला नै बेहोस हुन्छु कि जस्तो भइसकेको थिएँ । मैले के भयो दाजु रु भनेर सोधेँ, उनले भाइलाई खुट्टामा गोली लागेको छ, जानुप¥यो भन्नुभयो । उहाँले म सम्हालिन्न भनेर झुटो बोलेका रहेछन् । यतिकैमा दिउँसोको ३ बजिसकेको थियो होला । हामी हस्याङफस्याङ गर्दै अस्पताल पुग्दा उहाँलाई शल्यक्रियाको लागि लैजाँदै रहेछन् । उहाँले हातको इसाराले मलाई केही हुन्न मलाई ठीक छ, तिमी जाउ भने ।

श्रीमान्को दायाँ कोखाबाट लागेको गोली बायाँ कोखाबाट निस्किएको थियो भन्ने सुनेपछि उहाँलाई के भयो, केही थाहा छैन् । भोलिपल्ट बिहान ९ बजेतिर उहाँको मृत्यु भयो भनेर डाक्टरहरुले भने त्यसपछि उहाँ मुर्छित हुनुभयो । पछि जेठाजुहरु आएर अस्पतालबाट शव निकालेर पशुपतिमा अन्त्येष्टि गरी सर्लाहीको घरमा काजक्रिया गरेको उहाँ बताउछन् । यस घटनापछि टुटेको मन छोरीलाई हेरेर सम्हाल्ने गरेको पार्वतीको भनाइ छ । श्रीमान्ले आफूसँग कठोर दुःख गरेर भए पनि छोरीको भविष्य राम्रो बनाउने सपना देखेको सुनाउने गरे उनले बताए ।

आफूले श्रीमान् गुमाए पनि उहाँको बलिदानी खेर जानु नहुने उनको माग छ । उनी जस्ता धेरैको ज्यान गयो, पार्वतीले भने, उनहरुले देशको भ्रष्टाचार र बेथितीविरुद्ध आफ्नो ज्यान दिएका हुन् । त्यो अन्त्य भए मात्र उनीहरुको बलिदानीले सार्थकता पाउँछ ।” अब बन्ने सरकारले जेनजीको एजेन्डा अनुसार नै काम गर्नुपर्ने उहाँले मागसमेत राख्नुभयो । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुसँगै पीडित बनेका परिवारको अवस्था बुझेर व्यवस्थापन गर्न राज्यसँग उहाँको अनुरोध छ । यहाँ एक व्यक्ति मरेको मात्र छैन्,” उनले भने, बाआमाको सन्तान खोसिएको छ । श्रीमतीको सिउँदो पुछिएको छ । सन्तान टुहुरा बनेका छन् । राज्यले यति ठूलो क्षतिको नजरअन्दाज गर्न मिल्दैन । यो कसैलाई पद र प्रतिष्ठा प्राप्त गर्न बगेको रगत हैन ।

श्रीमतीसँगै कलकलाउँदो उमेरको सन्तान वियोगको वेदनाले देवकुमारका ८५ वर्ष उमेर पुगेका बुबा उजिरबहादुर र ६७ वर्षकी आमा यशोदाकुमारी पनि विक्षिप्त हुनुहुन्छ । पाँच छोरा र दुई छोरीका मातापिता उजिरबहादुर र यशोदाको यो दोस्रो सन्तान वियोगको पीडा हो । २०७० सालतिर बिच्छीले टोकाइबाट काइलो छोरा बितेका पीडा ताजै छ ।

सानैदेखि अति मिलनसार स्वभावका देवकुमारले कक्षा २ सम्मको पढाइ कटारी र एसएलसीसम्मको अध्ययन सिन्धुलीको दुधौलीमा पूरा गरेका हुन् । हक्की स्वभावका उहाँ छिट्टै भावनात्मक र आक्रामक हुने गरेका साइला दाजु भानुभक्तले सुनाए । जो कोहीसँग पनि छिट्टै घुलमिल हुनसक्ने स्वभावका देवकुमारलाई कार्यालयमा समेत सबैले रुचाउने गरेका उनको भनाइ छ । उदयपुर जिल्लाको कटारी नगरपालिका–११, हर्देनी पुर्खौली थातथलो रहेको सुवेदी परिवार आठ वर्षअघि मात्र सर्लाहीको लालबन्दी नगरपालिका–५, मेजरगञ्जस्थित शान्तिटोलमा बसाइँ सरेर आएको हो ।

गत साउनमा कार्यालयको कामले देवकुमार घर आउनुभएको थियो । त्यसबेला भएको भेट नै उनका बुबा र आमासँगको अन्तिम भेट भयो । साउन अन्तिममा घर आइपुग्नुभएका देवकुमारले छानो चुहिएको देखे । झ्यालमा पल्ला नहुँदा हिउँद् वर्षामा बस्न निकै समस्या भएकाले माघमा आएपछि छानो छाउने र झ्यालमा पल्ला लाउने भनेर गएका बुबा उजिरबहादुर सम्झन्छन् ।

हरेक पटक चुहिने छानो र झ्यालको पल्ला देख्दा छोरोको झझल्को आउने गरेको गहभरि आँसु पार्दै उजिरबहादुरले सुनाए । उजिरबहादुर कान सुन्नुहुन्न भने आमा यशोदाको फोक्सोमा समस्या छ । अहिले पनि नियमितजसो उपचारको लागि काठमाडौँ जाने गरेको उनले सुनाउए । कान्छो छोरा बितेपछि पनि उहाँ काठमाडौँ पुग्नुभएको रहेछ तर छोराको सम्झनाले पुरानो ठाउँ र अस्पताल जान सक्नु भएन ।

यसपटक साइलो छोराले अर्कै अस्पताल खोजेर उपचार गराएर पठायो । यताको सबै कुरा छोराहरुले हेरिरहेका छन् । महिनाको छ÷सात हजार रुपैयाँसम्मको औषधि खानुपर्छ, उनले भने, यो उमेरमा कलिला छोरा अघि लाएर बाँच्नु नै हाम्रो लागि ठूलो रोग भयो ।” कान्छो छोराले देशका लागि ज्यान बलिदानी दियो भनेर छिमेकीले सुनाउँदा आफूलाई कोख खाली हुँदै गयो भन्ने चिन्ता लागिरहेको उनको दुःखेसो थियो ।

राष्ट्रका लागि ज्यान दिने श्रीमान्को कृति रहनेगरी राज्यले सम्मान गरिदिनुपर्ने पार्वतकोे माग रहेको छ । सङ्घ सरकारले सहिद घोषणा गरेको भन्दै स्थानीय सरकारले समेत उनको योगदानको कदर गर्दै सालिक निर्माण गरिदिन उनको आग्रह छ । राज्यले दिने राहतभन्दा पनि आफूहरुका लागि भाइले दिएको बलिदानीको उचित कदर सम्मान नै पीडित परिवारको मल्हमपट्टी हुने साइला दाजु भानुभक्त बताउछन् । घटनापछि सरकारले गरेको घोषण अनुसार १५ लाख आर्थिक सहायता दिने निर्णयबमोजिम पीडित परिवारलाई उक्त रकम हस्तान्तरण भइसकेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि