६ फाल्गुन २०८२, बुधबार
मधेश मुख्‍य समाचार समाचार

सर्लाहीमा झण्डै ३९ केजी गाँजासहित एक जना पक्राउ

सर्लाही । सर्लाहीमा करिव ३९ केजी गाँजासहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार विशेष सूचनाका आधारमा रातभर खटिएको प्रहरी टोलीले जिल्लाको लालबन्दी नगरपालिका – ६ स्थित शिव मन्दिर नजिकबाट करिव गाँजा ३८ किलो ८९० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाकै हरिवन नगरपालिका – १, पटौनाका ५५ वर्षीय बद्रीबहादुर श्रेष्ठ रहेका छन्। उनलाई उक्त परिमाणको गाँजासहित इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको नेतृत्वमा खटिएको टोलीले बिहान करिब ५ बजे पक्राउ गरेको हो ।

लखन्देही खोलातर्फबाट भित्री बाटो हुँदै गाँजा ल्याइँदै गरेको जानकारी पाएपछि प्रहरी शिव मन्दिर क्षेत्र वरपर तैनाथ भएको थियो । प्रहरीले प्रदेश – २ – ०३००१ ह ३२८ नम्बरको अटो र ना ६० प ५५६ नम्बरको मोटरसाइकलबाट गाँजा बरामद गरेको हो ।

अटोमा एक पोका र मोटरसाइकलमा छ पोका गाँजा बरामद भएको बताइएको छ ।  पक्राउ परेका बद्री बहादुर अटोमा सवार थिए भने मोटरसाइकलमा रहेका व्यक्ति घटनास्थलबाट फरार भएको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि