७ फाल्गुन २०८२, बिहीबार
मधेश मुख्‍य समाचार समाचार

खयरमारामा व्यवसायिक अम्बा र कागतीखेती

महोत्तरी, २५ कात्तिक : बर्दिबास–११ खयरमाराका किसान निलहरि गौतमले एक बिघा क्षेत्रफलमा एक हजार बढी उन्नत जातका अम्बा तथा पाँचसय कागतीका विरुवा लगाएका छन् ।

कामका लागि मुलुकका विभिन्न क्षेत्र पुगे पनि अहिले पैतृक ठाउँमै बिताउने इच्छाले अम्बा र कागती विरुवा लगाइएको उनको भनाइ छ । यहाँको माटोमा अम्बा र कागती दुवै फल लागे पनि यति धेरै मात्रामा भने खेती गरिएको देखिँदैन ।

किसान गौतमले गत वर्षको मङ्सिरदेखि अम्बाका विरुवा रोपन थाल्नुभएको हो । अहिले थाइग्रिन र ताइवानपिङ्क जातका अम्बाका बिरुवा रोपिएका उनको भनाइ छ । गत मङ्सिरमा रोपिएका थाइग्रिन अम्बा यसपालि फलेका छन्, ताइवानपिङ्कचाहिँ यसपालि गत भदौमा रोपिएको हो ।

मधेसमा यति धेरै परिमाणमा अम्बा लगाउने आफू पहिलो किसान हुनसक्ने उहाँ बताउछन् । अम्बा अझै पाँच सय बोट थप्ने उनको योजना छ । अम्बा एक बिघामा एक हजार बोट अटे पनि कागती भने पाँच सय बोटमात्र लगाउनुपर्ने बागवानी प्राविधिकहरूको सल्लाह अनुसार यस्तो गरिएको उनले जानकारी दिए । कागती कुमकार्ड भनिने पाकिस्तानी जातको रोपिएको किसान गौतमले बताए ।

यसका लागि करिब १० लाख रुपैयाँ खर्च भएको उनको भनाइ छ । बिरुवा कोलकाताबाट मगाइएका हुन्, बारीमा आइपुग्दा प्रतिबोट रु एक सय ५० पर्यो, खाल्डो खन्न र माटोको उपचार एवं मलसमेत प्रत्येक बोटमा रु पाँच सय लागेको छ”, उनले भने, यसबाहेक सुरुको जोतखन खर्च अलग लागेको छ ।

यी बोटले तीन वर्षका भएपछि सघन उत्पादन दिन थाल्नेछन् । अम्बाले बर्सेनि प्रतिबोट ४० किलोग्राम र कागती २० किलोग्राम उत्पादन हुने बागवानीविज्ञले बताएका उनले जानकारीदिए । अम्बा र कागतीले ३० वर्षसम्म उत्पादन दिने वागवानीविज्ञले सुझाएका उनको भनाइ छ । किसान गौतमले लगाएतीजतका विरुवाले यहाँको माटो र हावापानीमा राम्ररी फस्टाउने कृषिविज्ञ बर्दिबास–५ का वाणिकराज काफ्ले बताउछन । माटो र हावापानी अम्बा र कागतीका लागि यहाँ अनुकूल नै छ, अन्य उपचार र रेखदेख भने नियमित गर्नुपर्छ, उनले भने ।

बगैँचाको हेरचाह र उत्पादनको बिक्री व्यवस्थापन घरै बसेर गर्न सकिने विश्वासमा यो काममा हात हालिएको उनको भनाइ छ । मधेसमा बागवानी खेतीमा आँप, लिची बाक्लै लगाइने भए पनि व्यावसायिक रूपमै यति धेरै परिमाणमा अम्बा र कागती लगाइएको भने पाइँदैन । उनको कामप्रतिको लगाव र समर्पण नजिकबाट बुझका उनका काका ७५ वर्षीय चन्द्रलाल गौतम भन्छन्, निलहरि प्रत्येक काम गहिरिएर योजनाबद्ध गर्ने बानीका छन्, यिनले हात हालेको काम बिस्तुर गएको देखिन्न । अहिले खयरमारामा निलहरिको यो बगैँचा हेर्न वरिपरिका मान्छे बाक्लै पुग्ने गरेका छन्

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि