७ फाल्गुन २०८२, बिहीबार
मधेश मुख्‍य समाचार समाचार

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु

रौतहट । बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६ काटघाट क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको हो।

हात्तीको आक्रमणबाट ना.४ ख १८३० नम्बरको ट्रकका चालक जितपुरसिमरा उपमहानगर–१ निवासी अन्दाजी ४० वर्षका राजकुमार चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता प्रहरी निरीक्षक खेमप्रसाद नेपालका अनुसार  ट्रकबाट उत्रेर भाग्ने क्रममा राजमार्गदेखि करिब सय मिटर दक्षिण जंगलतर्फ हात्तीले आक्रमण गरेको हो। हात्तीले आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए ।

हात्तीले अन्य  केहि सवारी साधनमा पनि क्षति गर्नुका साथै राजमार्ग नै अवरुद्व परेको प्रत्यक्षदर्शीले बताएका छन । हात्ती अचानक सडकमा आएर सवारीसाधनहरूमा आक्रमण गरेको उनीहरुको भनाइ छ । हात्तीलाई जंगलतर्फ धपाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि