२ बैशाख २०८३, बुधबार
मुख्‍य समाचार

मष्टा समूहको सञ्चालकविरुद्ध मुद्दा दायर

काठमाडौँ, १८ कात्तिकः सम्पत्ति शुद्धीकरण विभागले मष्टा ग्रुपका सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर गरेको छ । विभागले जिल्ला अदालत काठमाडौँमा सो कम्पनीका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको हो ।

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ । अभियोगमा खरिदको कूल मूल्य समेत गर्दा हुन आउने कूल रकम रु एक अर्ब ४५ करोड ५४ लाख तीन हजार ९४८ तथा अवैध तरिकाले आयात गरेको सुन ६० किलो ७१६ ग्रामको तत्कालीन मूल्य प्रतितोला रु एक लाख १२ हजार ५०० का दरले हुन आउने रु ५८ करोड ५६ लाख नौ हजार ५६८ बराबर रहेको छ ।

विभागले चलाउनेको नाममा हिमालयन बैंकमा रहेको खातामा रु तीन करोड ५२ लाख गरी कूल रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको