२ बैशाख २०८३, बुधबार
मुख्‍य समाचार

सहकारीद्वारा मकैको पीठो बजारीकरण

गुल्मी, १८ कात्तिकः यहाँको मुसिकोट नगरपालिकामा सहकारीमार्फत मकैको पीठो ब्रान्डिङ गरेर बजारीकरण गरिएको छ । मुसिकोट नगरपालिका–३ स्थित साना किसान कृषि सहकारी संस्थाले बडागाउँ फेदीमा स्थापना गरेको खाद्य प्रशोधन उद्योगबाट मकैको पीठो उत्पादन गरिएको हो ।

बजारमा मकैको पीठोको माग बढ्न थालेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरि छन्तेलले बताए । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ गुल्मीले उद्योगका लागि केही उपकरण अनुदानमा सहयोग गरेको छ । उद्योगका लागि नगरपालिका र कृषि ज्ञान केन्द्रबाट रु ७३ लाख र साना किसान सहकारी संस्थाबाट रु १६ लाख ५० हजार सहयोग उपलब्ध गराएको थियो । उक्त रकमबाट उद्योगको भवन निर्माणदेखि पीठो बजारीकरण सम्म करिब ९० लाख लागेको सहकारी संस्थाका अध्यक्ष छन्त्यालले जानकारी दिए।

साना किसान सहकारीले किसानहरुको मकै प्रतिपाथी रु २०० मा खरिद गरी प्रशोधन, लेबलिङ र प्याकेजिङ गरेर बजारमा पु¥याउने गरेको छ । हाल पीठो प्रतिकिलोे रु १३० मा बिक्री भइरहेको छ । सहकारीले २५ किलोको बोरामा पनि पीठो प्याकेजिङ गरेको छ ।

सहकारीले यस वर्ष ३५ टन मकैको पीठो बिक्री गर्ने लक्ष्य लिएको सहकारी संस्थाका व्यवस्थापक विवेक पेमीले जानकारी दिए। करिब ३०० किसान सहकारीमा आबद्ध छन् ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको