८ फाल्गुन २०८२, शुक्रबार
मधेश मुख्‍य समाचार समाचार समाज

कटहरिया नगरपालिकाका कर्मचारी पुनः आन्दोलित

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा रहेका कर्मचारीहरु पुन आन्दोलित भएका छन ।

नगरपालिकामा कार्यरत करार र ज्यालादारीका कर्मचारीहरूले लामो समयदेखि तलबभत्ता नपाएको भन्दै आज (बुधबार ) देखि कार्यलयमा तालाबन्दी गरेका हुन ।

दिपावली तथा छठ पर्व अगावै भुक्तानी गर्ने भनिएको भएपनि  रकम अझै नआएकाले आन्दोलित हुनु परेको उनीहरुको भनाइ छ ।  नगरपालिकाका वडा नं. १ देखि ९ सम्मका सबै वडा कार्यालय र नगरपालिकाको मूल कार्यालयमा तालाबन्दी गरिएको कटहरिया नगरपालिका वडा नम्बर ८ का कर्मचारी मुकुन्द यादवले बताए ।

उनका अनुसार छठ पर्व अघि नै  तलबभत्ता दिने आश्वासन पाएपनि अहिलेसम्म नपाएको हो ।

‘लामो समयदेखि नगर सेवामा समर्पित छौं,  उनले भने, ‘तर समयमा तलबभत्ता नपाउँदा अहिले दैनिक जीवन प्रभावित भएको छ ।’ आफुहरुको  तलबको रकम भुक्तानी नहुँदा सम्म आन्दोलन जारी राख्ने उनले चेतावनी दिए ।

कटहरिया नगरपालिकाका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले असोजमा दिएको लिखित आश्वासन कार्यान्वयन नगरेको उनको आरोप छ । यता नगर प्रमुख अजय प्रकाश जयसवालले करारका कर्मचारीको माग प्रति गम्भीर रहेको बताएका छन ।

यद्यपि विभिन्न समस्याका कारण तलबभत्ता भुक्तानी नभएपनि यथासिघ्र दिने प्रतिवद्वता जनाएका छन । कटहरिया नगरपालिकामा भएको आन्दोलनका कारण कामकाज प्रभावित भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि