८ फाल्गुन २०८२, शुक्रबार
मधेश मुख्‍य समाचार समाचार

वर्षा र हावाहुरीका कारण १५ प्रतिशत धान बालीमा क्षति

रौतहट । रौतहटमा भारी वर्षा र हावाहुरीका कारण रोपाइँ भएको धानको करिब १५ प्रतिशत क्षति भएको छ ।

यस वर्ष कुल ३६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली मध्ये वर्षाका कारण करिब १५ प्रतिशत अर्थात १६ हजार हेक्टर क्षेत्रफलको धानबाली नष्ट भएको भएको कृषि ज्ञान केन्द्र गौरले जनाएको छ ।

केन्द्रका प्रमुख सुरेन्द्र प्रसाद कुर्मीका अनुसार गत असोज १७ र १८ गतेको भारी वर्षा र हावाहुरीका कारण धान संगै तरकारी, केरा, उखु र फलफूलमा समेत क्षति पु¥याएको छ। वर्षाबाट  १.३१ प्रतिशत हेक्टर क्षेत्रफल उखु, ४ सय हेक्टर क्षेत्रफलको तरकारी, २ सय हेक्टर क्षेत्रफलमा लगाइएको  केरा र २.३२ प्रतिशत हेक्टरको फलफूलमा क्षति भएको उनले जानकारी दिए। बागमती, लालबकैया,चादी , झाझ र लमाहा नदिले धानबालीमा ठूलो क्षति पु¥याएको हो ।

यस बर्ष समयमा वर्षा नहुँदा रोपाइ चिन्तामा रहेका कृषकलाई भारी वर्षा र हावाहुरीले झन् पीडा दिएको छ । धानमा बाला लाग्ने बेला समयमा भएको वर्षाका कारण धान लडेपछि  चिन्तामा रहेको कृषक रामनाथ पटेलले बताए ।

यति बेला  धान बाली परिपक्व हुन्छ उनले भने केहि दिन अघिको भीषण वर्षाले क्षति ग¥यो ।

अत्यधिक वर्षाले यहाका अधिकाश कृषकको धानबाली, तरकारी, उखु, केरा, फलफूलमा क्षति पुर्याएकाले विभिन्न निकाय संग  सहयोगको अपेक्षा गरेका छन । यस विषयमा  तीनै तहको सरकारले ध्यान दिनुपर्ने उनिहरुको माग छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि