२६ आश्विन २०८२, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनील कुमार सिन्हाद्वारा पदभार ग्रहण

काठमाडौं । नवनिर्वाचित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनील कुमार सिन्हाले पदभार ग्रहण गरेका छन् ।

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले भू–उपयोगमा तेस्रो संशोधनको लागि प्रकृया अगाडि बढाउने निर्णय गरेको जानकारी दिए ।

उनले भने,‘हाम्रो कृषिप्रधान देशमा भूमिसुधारका कार्यक्रमहरु पनि लागू भए तर धेरै सस्याहरु विभादित रुपमा रहेका छन् । भू–उपयोगमा तेस्रो संशोधनको निमित्त भनेर प्रकृया अगाडि बढाएको हो । कित्ता काटहरु अहिले रोकिएका छन् ,त्यसले गर्दा कतिपय ट्रान्समिसनलाइनहरु जस्ता विकाससँग सम्बन्धित कुराहरु पनि छन् । ती विकासका कुरालाई सहजिकरणको निमित्त पनि यो नियमावलीको आवश्यकता देखिएको कारण पनि त्यसलाई फुकाउन गएका छौं ।’

त्यस्तै उनले स्थानीय तहको कार्यसम्पादनलाई जवाफदेही र सहजता प्रदान गर्ने प्रकृतिको निर्णय पनि भएको जानकारी दिए ।  साथै, भूमि बैंकको स्थापनाको लागि कदम चालेको उनले जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि