२६ आश्विन २०८२, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सामाजिक सुरक्षा परिचयपत्र नवीकरण असोज मसान्तभित्र गर्नुपर्ने

काठमाडौँ, ६ असोज : सरकारले सामाजिक सुरक्षा परिचयपत्र नवीकरणका लागि समयावधिसम्म बढाएको छ ।
यसअघि सामाजिक सुरक्षा परिचयपत्र भदौ मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरी समयावधि बढाएर असोज मसान्त कायम गरिएको हो ।

सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली, २०८२ मार्फत् सरकारले यस्तो व्यवस्था ल्याएको हो । संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ ।
सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम ९ को उपनियम १ मा रहेका भदौ मसान्तभित्र भन्ने शब्दहरूको सट्टा असोज मसान्तभित्र भन्ने शब्दहरू राखिएका छन्, राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि