२६ आश्विन २०८२, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार

बबरमहलस्थित दुर्गाबिनायक मन्दिरमा घटस्थापनाको अवसरमा जमरा राखिँदै

काठमाडौं । दशैँको पहिलोदिन आज घटस्थापनाको अवसरमा काठमाडौंको बबरमहल स्थित दुर्गाबिनायक मन्दिरमा विशेष पूजापाठ गरी जमरा राखिँदै छ ।

यस मन्दिरका पुजारी कमल सापकोटाका अनुसार आज बिहान ९ बजेर १३ मिनेटमा जमरा राख्ने शुभ साइत रहेको छ । धार्मिक परम्परा अनुसार दुर्गा भगवतीलाई चढाउनका लागि जमरा राखिन्छ, जसलाई दशैँको आठ दिनको विशेष अवधीभर पूजा गरिन्छ । जमरा राख्नका लागि जौ, तिल, कुस, पातलगायत सामग्री प्रयोग गरिन्छ ।

विगत पाँच वर्षदेखि सो मन्दिरमा निरन्तर पुजारी सेवा गर्दै आएका सापकोटाले दशैँ नजिकिँदै गर्दा गाउँघरमा छुट्टै रमाइलो वातावरण हुने र टाढा टाढाबाट मानिसहरू आफ्ना घर फर्कने परम्परा रहेको बताए । उनका अनुसार दशैँमा आफूभन्दा ठूला व्यक्तिबाट टिका लगाउने प्रचलन रहँदै आएको छ, जसले स्नेह, आशीर्वाद र पारिवारिक एकतालाई बलियो बनाउँछ ।

यद्यपी, हालै मात्र नेपालमा भएको परिवर्तनकारी जेनजी आन्दोलनले निम्त्याएका हत्या, हिंसा, आगजनी र लुटपाटका दुखद् घट्नाले यसपटकको दशैँमा धेरैको घरमा रोधन समेत रहेको उनले बताए । भावुक हुँदै उनले भने,“कतिका छोराछोरी र कतिका आमाबाबुले ज्यान गुमाएका छन् । यसले गर्दा यो पर्व सबैका लागि रमाइलो मात्र नभई पीडादायी पनि भएको छ ।”

दशैँमा दुर्गा भगवतीको प्रसन्नताका लागि परम्पराअनुसार बोका बलि दिने चलन समेत रहँदै आएको पुजारी सापकोटाले बताए । यसरी बबरमहलस्थित दुर्गाबिनायक मन्दिरमा आज घटस्थापनाको अवसरमा पुजारीद्वारा शुभ साइतमा जमरा राखिँदैछ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको