२८ आश्विन २०८२, मंगलवार
मधेश मुख्‍य समाचार समाचार

जनकपुरधाम भन्सारमा १३ करोडको क्षति

जनकपुरधाम, ५ असोजः जेनजी प्रदर्शनका क्रममा जनकपुरधाम भन्सार कार्यालयमा रु १३ करोड ८७ लाख ५० हजार बराबरको क्षति भएको छ ।

जनकपुरधामको रेल्वेस्टेशन नजिक रहेको सो कार्यालयका दुई भवन, कर्मचारी निवास र सवारीसाधनमा आगजनी एवं तोडफोड भएको कार्यालय प्रमुख मानबहादुर पौडेलले जानकारी दिए । गत भदौ २४ गते गरिएको आगजनीबाट दुई थान भ्यान, लिलामीका लागि राखिएका ३१५ मोटरसाइकल, एउटा निजी ट्रक, फर्निचर, कम्प्युटर, प्रिन्टरलगायत सामग्री नष्ट भएका उनले बताए ।

कार्यालय प्रमुख पौडेलका अनुसार कर्मचारीको निवासमा रहेका लत्ताकपडा र कागजात एवं रकम समेत लुटेर लगेका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाद्वारा आज जनकपुरधाममा आयोजित कार्यालयको नियमित सेवा सञ्चालन तथा क्षतिसबन्धी समीक्षा बैठकमा भन्सार प्रमुख पौडेलले आफ्नो कार्यालयको अवस्था तथा क्षतिको विवरण प्रस्तुत गरे ।

भन्सार प्रमुख पौडेलका अनुसार कार्यालयअन्तर्गत रहेका छोटी भन्सार कार्यालबाट भन्सार जाँचपास सुरु गरिएको छ । सो कार्यालयअन्तर्गत भडरिया छोटी भन्सार, इनरुवा छोटी भन्सार र जटही छोटी भन्सार कार्यालय सञ्चालनमा छन् । जकपुरधाम भन्सार कार्यालय तोडफोड र आगजनीका कारण सञ्चालनको अवस्थामा छैन ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले सरकारी कार्यालयबाट जनताको कामलाई इमान्दारीपूर्वक, छिटोछरितो, सरल तथा सहज गर्न निर्देशन दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि