९ फाल्गुन २०८२, शनिबार
मधेश मुख्‍य समाचार समाचार

लहानका सुकुम्बासी बस्तीमा धारा जडान गरिँदै

सिरहा, ५ असोजः यहाँको लहान नगरपालिकाले सुकुम्बासी तथा विपन्न परिवारलाई लक्षित गर्दै घरघरमा खानेपानीको धारा जडान गर्ने अभियान तीव्र बनाएको छ । नगरपालिकाले आज मात्रै थप ५५ सुकुम्बासी परिवारका लागि धारा जडान प्रक्रिया अघि बढाएको हो ।

घरमा धारा जडान भएसँगै अब टाढाटाढाबाट घैलोमा पानी बोक्नुपर्ने बाध्यताबाट सुकुम्बासी परिवारले मुक्ति पाउने भएका छन् । यो अभियान वाटर एड नेपालको आर्थिक सहयोगमा लहान नगरपालिका, नेपाल खानेपानी संस्थान लहान शाखा र दलित जनकल्याण युवा क्लब लहानको साझेदारीमा सञ्चालित विकन परियोजना’अन्तर्गत भइरहेको हो ।

आज यहाँ आयोजित एक कार्यक्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले धारा जडान गरिने परिवारको आवश्यक कागजात खानेपानी संस्थानलाई हस्तान्तरण गरे । उनले दसैँ अगाडि यहाँका अधिकांश घरमा धारा जडान सम्पन्न हुने जानकारी दिए।

यसपटक वडा नं १, ७, १०, १७ र २४ का ५४ जना लालपुर्जा नभएका सुकुम्बासी र एक जना लालपुर्जा भएका गरी ५५ घरधुरी लाभान्वित हुनेछन् । गत वर्ष हामीले ४०० विपन्न तथा सुकुम्बासी परिवारमा खानेपानी पु¥याउने योजना बनाएका थियौँ । हालसम्म १८१ घरमा धारा जडान भइसकेको छ, नगरप्रमुख चौधरीले भने, वीरगञ्जमा हालै देखिएको हैजाको सङ्क्रमणले देखाउँछ कि शुद्ध पानी सबैको घरमा पुग्नैपर्छ । उनका अनुसार अघिल्लो वर्षमात्रै ३०० घरधुरीमा धारा जडान गरिसकिएको छ ।

यस क्षेत्रमा इनार र हातेकल सुक्दै गएपछि पानीको भरपर्दो स्रोतका रूपमा घरघरमा धारा आवश्यक भइसकेको लहान–२४ का वडाध्यक्ष राशलाल रायले बताए । उनले खानेपानी संस्थानले काममा गति दिएकामा खुसी व्यक्त गर्दै भने, अब इनारमा लाइन बस्ने, पालो कुर्ने बाध्यता अन्त्य हुँदै गएको छ । टाढाबाट पानी ल्याउने झन्झट हटेको छ ।

दलित जनकल्याण युवा क्लबका विकन परियोजना कार्यक्रम प्रबन्धक राजेशकुमार लोहनीले परियोजना केबल धारा जडानमा सीमित नरहेको जनाउँदै वडाध्यक्ष रायले समुदायमा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सचेतना अभियान पनि सञ्चालन भइरहेको जानकारी दिए।

नेपाल खानेपानी संस्थान लहान शाखाका वितरण प्रमुख लट्टु यादवका अनुसार शाखाबाट हालसम्म छ हजार २२१ घरधुरीमा धारा जडान भइसकेको छ । लालपुर्जा भएका परिवारका लागि धारा जडान खर्च रु छ हजार ३९० पर्ने जनाउँदै उनले लालपुर्जा नभएका सुकुम्बासीका लागि रु १० हजार ११० खर्च लाग्ने बताए ।

लहान नगरपालिका र परियोजनाबाट अनुदान दिइँदै आइएको छ । नगरपालिकाले रु तीन हजार ७२० र परियोजनाले रु तीन हजार २७० अनुदान उपलब्ध गराउँछन्, जसअनुसार सुकुम्बासीले रु तीन हजार १२० मात्र तिरेर धारा जडान गराउन सक्छन् । केही वडा कार्यालयले पनि यसमा थप सहयोग गरेका छन्, प्रमुख यादवले भने ।

लहान नगरपालिकामा करिब २० हजार दलित सुकुम्बासी बसोबास गर्ने जनाउँदै उनले अधिकांशसँग घरजग्गाको लालपुर्जा नभएको बताए । यो अभियानले उनहरूको स्वास्थ्य, सरसफाइ र जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको उनको भनाइ छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि