६ पुष २०८२, आईतवार
मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

लहानमा उल्टो गङ्गा : जसले लुटे, उनैले फिर्ता गर्दैछन् चामल र चिनी !

लहान, सिरहा । गत साता आन्दोलनको मौकामा सरकारी गोदाम रित्याएकाहरू अहिले रातारात त्यही सामान फिर्ता गरिरहेका छन् ।

लहानमा ’जेनजी आन्दोलन’का क्रममा लुटिएको करोडौँको सम्पत्ति फिर्ता हुन थालेपछि यो घटनाले अहिले सबैको ध्यान तानेको छ ।

‘कि सामान फिर्ता गर, नत्र सीसीटीभी हेरेर घरमै आउँछौँ,’ प्रशासनको यो सन्देशपछि लुटपाटमा संलग्नहरूमा डर पैदा भएको छ । इज्जत जाने र कानुनी कारबाही हुने डरले केही व्यक्ति आफैँ र केहीले स्थानीय युवाहरूमार्फत लुटेको चामल र चिनी गोदाममा फिर्ता गर्न थालेका छन् ।

आइतबार रातिसम्म ७१ क्विन्टल चामल र १८ क्विन्टल चिनी फिर्ता भइसकेको छ, तर यो लुटिएको कुल परिमाणको सानो अंश मात्र हो । खाद्य कम्पनीका अनुसार करिब ११ करोडको क्षति भएको छ, जसमा हजारौँ क्विन्टल खाद्यान्न, धान, बोरा र कार्यालयका महत्त्वपूर्ण उपकरणसमेत छन् ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि