९ फाल्गुन २०८२, शनिबार
मधेश मुख्‍य समाचार समाचार

राजविराज कारागारबाट भाग्ने प्रयास गरेका १९२ कैदी सेनाको नियन्त्रणमा

काठमाडौं । सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीहरूलाई सेनाले नियन्त्रणमा लिएको छ । भागेर भारततर्फ जाँदै गरेका ७ जना कैदीहरूलाई कञ्चनपुरको चाँदनी क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएर नेपाली सेनालाई बुझाएको छ भने १ जना कैदीलाई स्थानीयवासीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा बुझाएका छन् ।

साथै, फरार १२ जना कैदीहरू आफैं फर्की कारागारमा हाजिर भएका छन् । यता, रामेछापस्थित जिल्ला कारागारमा कैदीहरूले बाहिर जान पाउनुपर्ने भन्दै सुरक्षा निकायसँग झडप गरेका थिए । उक्त झडप नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाउँदा १२ जना कैदी घाइते र २ जनाको मृत्यु भएको छ ।

यसैबीच, काभ्रेपलान्चोकको बनेपा–९ स्थित नयाँ बस्ती क्षेत्रमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ । हालसम्म विभिन्न स्थानबाट ९४ नाल विभिन्न प्रकारका हतियारहरू समेत बरामद भएको नेपाली सेनाले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि