५ पुष २०८२, शनिबार
मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

सुरक्षाको दृष्टिकोणलाई मध्येनजर गर्दै ट्रेन बन्द

जनकपुर । नेपालको एक मात्र रेल अहिले अनिश्चितकालका लागि बन्द गरिएको छ ।  जेनजी आन्दोलन सुरु भएदेखि सुरक्षाको दृष्टिकोणले रेल सेवा बन्द गरिएको नेपाल रेल्वेका महाप्रबन्धक निरञ्ज कुमार झाले जानकारी दिएका छन् ।

नेपाल न्यूज बैंकसंग कुराकानी गर्दै महाप्रबन्धक झाले अहिले जेनजीको नाममा सार्वजनिक सम्पत्तिमा तोडफोड गर्नेहरु सक्रिय रहेको बताए । नेपालको एक मात्र ट्रेन रहेको जनकपुर जयनगर रेलमा क्षति नपुगोस भनेर भारतीय एसएसबीसँगको समन्वयमा विशेष सुरक्षा निगरानीमा भारतको जयनगर स्टेशनमा सुरक्षित राखिएको उनले जानकारी दिए ।

‘पटक पटक खरीद गर्न सकिने होईन, अथक प्रयासपछि बल्ल बल्ल सुचारु भएको ट्रेन नेपालको सम्पत्ति हो, अहिलेको परिस्थितीमा केही दिनका लागि नचलेपनि माहोल शान्त भएपछि फेरि ट्रेन आफ्नै समय तालिका अनुसार चल्ने छ,’ महाप्रन्धक झाले बताए ।

चाड पर्वको समय भएकोले सामान खरीद बिक्री गर्न यात्रुहरुको आवत जावत बढी हुने समयमा रेल बन्द गर्नुपर्दा दैनिक लाखौंको घाटा भइरहेको उनले जानकारी दिए ।

जनकपुरधामको रेल्वे स्टेशन चोकस्थित भन्सार कार्यालय जलेर नष्ट भएको छ । तर रेलवेको कुनै कार्यालयमा भौतिक क्षती नभएकाले स्थानीय सुरक्षा निकाय सक्रिय हुने बित्तिकै रेल चालु हुने महाप्रबन्धक झाले बताए ।

उनले सबैलाई संयमित हुन र आक्रोसमा सरकारी निकायहरुमा भौतिक क्षती नपुर्याउन आग्रह गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि