९ फाल्गुन २०८२, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कोटेश्वर र नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा अझै आगो

काठमाडौं । प्रदर्शनकारीहरुले मंगलबार विभिन्न भौतिक संरचनामा लगाएको आगो बुधबार दिउँसोसम्म बलिरहेको छ । कोटेश्वर र नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा आगो निभ्न सकेको छैन ।

प्रदर्शनकारीले व्यक्तिको घर, पसल, सरकारी कार्यालय, व्यापारिक भवनहरुमा आगो लगाएका थिए । जुन आगो अहिलेसम्म पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको हो ।

काठमाडौं महानगरपालिकाको दमकलले नक्साल भाटभटेनीमा आगो निभाउने प्रयास गरिरहे पनि चावहीलको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट र कोटेश्वरको भाटभटेनी सुपरमार्केटबाट भने धुँवाको मुस्लो आइरहेको छ ।

त्यस्तै कतिपय निजी सम्पत्तिमा लगाइएको आगो पनि निभेको छैन । यस्तै, भक्तपुरको राधेराधेमा अवस्थित भाटभटेनी सुपर मार्केटमा भने तोडफोड गरिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि