१० फाल्गुन २०८२, आईतवार
मधेश मुख्‍य समाचार समाचार

भन्सार छलीका भारतिय स्कारपियो सहित कपडा बरामद

सिरहा । लहान नगरपालिका–१९ स्थित छारापट्टि चोकमा भन्सार छली गरिएको सामानसहित एक भारतीय स्कारपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार साँझ करिब ८ः०० बजे सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प लहानबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विजयकुमार चौधरीको कमान्डमा खटिएको मोबाइल टोलीले ठाडी–लहान भित्री सडकखण्डमा सवारी जाँच गर्ने क्रममा बिआर ०१ पिबी ४६४२ नम्बरको सेतो रङ्गको भारतीय स्कारपियो गाडीलाई रोक्न खोज्दा उक्त गाडी तीव्रगतिमा भागेको प्रहरीले जनाएको छ ।

पिछ गर्दै जाँदा सो गाडी लहान–१९ को कटाहा चोक नजिकैको सडक किनारमा बेवारिसे अवस्थामा फेलापरेको हो । गाडी जाँच गर्दा सात लाख चार हजार ८५० मूल्यबराबरका विभिन्न लत्ताकपडा फेला परेको छ ।

स्कारपियोको मूल्य करिब रु १५ लाख रहेको बताइएको छ । बरामद गाडी र कपडा भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि