६ चैत्र २०८२, शुक्रबार
मधेश मुख्‍य समाचार स्वास्थ्य

वीरगन्जमा एकैदिन एक सय ६ जना हैजा संक्रमित थपिए,संक्रमितको संख्या पाँच सय २८ पुग्यो,

वीरगन्ज । वीरगन्जमा बुधबार एकैदिन एक सय ६ जना नयाँ हैजा संक्रमित थपिएका छन्। यससँगै जिल्लामा दर्ता भएका संक्रमितको संख्या पाँच सय २८ पुगेको छ।

जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका प्रवक्ता सुमनचन्द्र ठाकुरका अनुसार, संक्रमितमध्ये २५७ जना उपचारपछि घर फर्किसकेका छन् भने २७१ जना विभिन्न अस्पतालमा उपचाररत छन्। उपचाररतमध्ये ३५ जना आईसीयू, ४ जना एचडीयू र २३२ जना जनरल वार्डमा उपचाररत छन्।

नारायणी अस्पतालमा १ सय ५८, वीरगन्ज हेल्थ केयर अस्पतालमा २४, तराई हस्पिटलमा ४२, नेसनल मेडिकल कलेज १९, प्रभु अस्पतालमा ७, सर्वोत्तममा ६, एडभान्स, नारायणी सेन्ट्रल र नीलकण्ठ हस्पिटलमा ४÷४ जना, भवानी अस्पतालमा २ र नेपाल मेडिसिटी बयोधामा १ जनाको उपचार चलिरहेको छ।

वीरगन्ज महानगरपालिकाले जनचेतनामूलक घरदैलो अभियान पनि सञ्चालन गरेको छ।

थप समाचारहरु

प्रदेस समाचार मधेश समाज

महोत्तरीमा डीएसपीमाथि आक्रमण, ३ सदस्य छानबिन समिति गठन

७ साउन, जनकपुरधाम । महोत्तरीमा एक जना प्रहरी नायव उपरीक्षक (डीएसपी)माथि आक्रमण भएको छ । धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत्त
प्रदेस समाचार मधेश समाज

नेपाल-भारत सीमा क्षेत्रमा एक महिलाको गोली हानी हत्या

७ साउन, जनकपुरधाम । नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी