८ पुष २०८२, मंगलवार
मुख्‍य समाचार विशेष समाचार समाचार

ताल दिवस : कसरी बन्यो फेवाताल ? (तस्विरहरू)

पोखरा ।  पोखराको मुटुमा अवस्थित फेवाताल नेपालकै एक प्रमुख पर्यटकीय गन्तव्य हो। यो ताल प्राकृतिक सौन्दर्य, सांस्कृतिक महत्व र जैविक विविधताले भरिएको स्थल हो, जहाँ बर्षेनि लाखौं आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित हुन्छन् ।

फेवातालको महत्वलाई उजागर गर्न हरेक वर्ष ताल दिवस मनाइन्छ, जसले हामीलाई प्रकृति संरक्षणको सन्देश दिन्छ । समुद्री सतहबाट करिब ७४२ मिटरमा रहेको यो तालको लम्बाइः करिब ४.४ कि.मी. क्षेत्रफलः करिब ६.३४३ वर्ग किलोमिटर रहेको छ । फेवातालको उत्पत्ति प्राकृतिक भूगर्भीय प्रक्रियाबाट र ‘फेवा’ गाउँको छेउमा रहेकाले यो तालको नाम फेवाताल रहन गएको मान्यता छ ।

यो ताल ‘वैदाम’ गाउँको छेउमा पर्ने हुँदा ‘वैदाम ताल’ पनि भनिने गरिन्छ । तालको बीचमा ‘बराही मन्दिर’ रहेको छ । फेवातालको मुख्य स्रोत हर्पन खोला हो । जुन १० किलोमिटर परबाट बगेर यो तालमा मिसिन्छ । यो खोलाबाट करिब ७० प्रतिशत पानी फेवा तालमा आउँछ । बाँकी अन्य स्रोतहरू पनि छन् । फिक्रे खोला, चिसापानी खोला, मुलाबारि खोला र सेदी जस्ता खोलाहरुले पानी ल्याउने गर्छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि