११ फाल्गुन २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार

मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा सरोज कुमार यादव

जनकपुर । मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सरोज कुमार यादवलाई दिइएको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंह एक साताको मलेसिया भ्रमणका लागि आज जान लागेका छन् ।

सिंहको अनुपस्थितिमा भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मधेश प्रदेश सरकार (कार्यसम्पादन) नियमावली, २०८० को नियम १४ को उपनियम (३) बमोजिम सरोज कुमार यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएको पत्रमार्फत जानकारी गराएको छ ।

मुख्यमन्त्री सिंह मलेसियामा रहेका नेपाली कामदार, विशेष गरी मधेश प्रदेशका नागरिकसँग भेटघाट गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । सिंहले उनीहरूको अवस्था र समस्याबारे प्रत्यक्ष जानकारी लिनुका साथै विभिन्न कार्यक्रमहरूमा समेत सहभागी हुने जनाइएको छ ।

मुख्यमन्त्रीको यो भ्रमणलाई वैदेशिक रोजगारीमा रहेका कामदारहरूको जीवन, समस्या र अवस्थाबारे बुझ्न महत्वपूर्ण अवसरका रूपमा लिइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि