५ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार

महिलाहरु सक्षम हुन आत्मनिर्भर बन्नुपर्छ : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउनको लागि महिला उद्यमीहरुको भूमिका महत्वपूर्ण हुने बताएकी छन् ।

विहीबार काठमाडौंमा आयोजित तीज विशेष तथा महिला उद्यमी सम्मान कार्यक्रममा उनले महिलाहरु सक्षम हुनका लागि आर्थिक रुपमा सशक्त र आत्मनिर्भर हुनुपर्ने भन्दै यसको लागि उद्यमीहरुको भूमिका महत्वपूर्ण हुने बताइन् ।

उनले भनिन्, ‘महिलाहरु तब मात्र सक्षम हुन्छौ जब हामी आर्थिक रुपमा सशक्त हुन्छौ वा आर्थिक रुपमा आत्मनिर्भर हुन्छौ । जब आर्थिक रुपमा बलियो हुन्छौ, तब आफ्ना लागि आफैले निर्णय गर्न सक्ने क्षमता विकास हुन्छ । यहाँ उपस्थित महिलाहरु त सशक्त हुनुहुन्छ तर अन्य महिलाहरुलाई पनि आर्थिक रुपमा बलियो बनाउन तपाईहरुको ठूलो भूमिका होस भन्ने पनि शुभकामना व्यक्त गर्न चाहन्छु ।’

यस्तै, उनले सबैलाई तीजको शुभकामना दिदैँ उपस्थित भएका सबै व्यवसायिक महिलाहरु प्रगतीको कामना पनि गरेकी छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि