३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

पूराना पार्टीहरुले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित भाष्य चिर्न आवश्यक : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूराना राजनीतिक दलहरू केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित र नकारात्मक भाष्यहरू निर्माण भएको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा तीज पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनलेपुराना राजनीतिक दलहरू केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित र नकारात्मक भाष्यहरू निर्माणगरी समाजलाई दिग्भ्रमित पार्ने काम भइरहेको बताउँदै यस्ता भाष्य चिर्न आवश्यक रहेको बताए ।

उनले भने,‘पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित र अपभाष्य निर्माण गरी समाजलाई दिग्भ्रमित गर्ने कोशिस भइरहेका छन् । तर हामीले यस्ता भाष्य र चुनौतीहरु चिर्दै हामी अझशशक्ति र क्रियाशील हुन आवश्यक छ। कांग्रेसका सबै शुभेच्छुकहरूलाई क्रियाशील र गतिशील बनाउँदै पार्टीभित्र वृहत् एकता कायम गरी आगामी निर्वाचनमा बहुमत ल्याइ कांग्रेसको सरकार स्थिर सरकार निर्माण गर्न सबैजना एकताबद्ध भएर अघि बढ्न आवश्यक छ ।’

त्यस्तै उनले ०८४ को निर्वाचनमा एकल बहुमत ल्याएर कांग्रेसको नेतृत्वमा सरकार निर्माण गर्नुपर्ने बताए । परम्पराले हाम्रो समुदायमा एक साझा फूलबारीको रुपमा प्रतिनिधित्व गर्दै आएको.बताउँदै पर्वहरु देशको गर्व र पहिचान भएको बताए ।

सभापति देउवाले तीज पर्वले महिलाहरुको आपसी सद्भाव,समानता र महिला सहभागितामा टेवा पुग्ने धारणा राखे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि