रातो कागज

काठमाडौं । काठमाडौंको मनोहरा नदीकिनारमा रहेको सुकुम्वासी बस्ती यतिबेला कुरुपजस्तै देखिन्छ । बस्तीबासीको मुहार आक्रोश र पीडाले भरिएको जस्तै भान हुन्छ । बस्तीमा नयाँ व्यक्ति देख्नासाथ स्थानीय झस्किन्छन् । क्यामेरा लिएर पुगेका संचारकर्मीहरुलाई समेत उनीहरु आक्रमक बन्ने गरेका छन् ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगरपालिकाले बस्तीका संरचनामा शुक्रबार डोजर चलाएर घर–टहरा भत्काइदिएपछि अवस्था असामान्य छ ।
वैकल्पिक व्यवस्था गर्न नपाउँदै महानगरले घर टहरामा डोजर आतंक मच्चाएपछि स्थानीयहरुमा रुवाबासीचलेको छ । डोजर प्रयोग गरेर महानगरले करिब २० देखि २५ वटा घर वाटहरामा डोजर चलाएपछि दर्जनौं परिवार विचल्लीमा छन् । मध्यवर्षा यामको समयमा घर भत्काइएपछि सुकुम्बासीहरु घर न घाटको अवस्थामा छन् ।
पीडितहरु भत्काइएका खण्डहर संरचनामै पाल टांगेर बसेका छन् । डेढ दशकदेखि सुकुम्बासी बस्तीमा बस्दै आएकाशम्भु थापाले बिनाजानकारीएक्कासीडोजर चलाइएको आरोप लगाए ।
उनले सामानझिक्न समेत नदिएकोप्रतिगुनासो गरे ।भोट माग्नेबेला नेताहरु आएको तर अहिले सरकारका सबै पक्षहरुले सोध्न समेत नआएको भन्दै उनले आक्रोश पोखे ।
‘यहाँबाटो खोल्नुपर्छ भनेर घर सारेका थियौं । जानकारी समेत नदिइएक्कासीडोजर लिएर आए र भत्काए । घरभित्रका सामानझिक्नै पाइएन् । यस्तो अत्याचार हुँदाभोट माग्नआउने नेता र सरकार स्वार्थी भएका छन् । अहिलेसम्म कोहीआएका छैनन् । भूमिआयोगले केही गर्छु भनेको थियो आजसम्म गरेको छैन्,’ उनले भने,‘आजसम्मभोट माग्ने काममात्रभएको छ । भोट पाएका नेताहरु कोहीफर्किएर आएनन् । हाम्रो छानो यसरी भत्काइयो तर कोही सहयोग लिएर आएनन् ।
आफन्तकोमा बसिरहेका छौँ । पहिल्यै थाहाभएको भए वैकल्पिकव्यवस्था गर्ने थियौं वा रोक्नेथियौं होला । भत्काउनथालेपछि प्रतिकार गरेर पार लागेन । शसस्त्र र महानगरका प्रहरी सबै मिलेर हामीलाई बाहिरनिकालेर घरहरु एकाएकभत्काउनथाले ।’
उक्त क्षेत्रमा २५ वटाजति घर भत्किाइएको उनले जानकारी दिए । क्षतिको कुनै लेखाजोखानभएको समेत उनले बताए । ‘क्षतिथुप्रै भएको छ । भएकासबै सामानबिग्रिएका छन् । राहत आँउछ भनेर अश्वासनदिइएको छ । तर अहिलेसम्म कोहीआएको छैन्,’ उनले अगाडि भने,‘हाम्रो जग्गाहो । जबरजस्तीकब्जा गरेर बसेको हो र जबरजस्ती नै भत्काउँछौ भन्दै महानगरका प्रतिनिधिहरु आएकाथिए । यस्तो बर्षायामको बेलायतिसम्मअत्याचार नगरिदिएको भएहुन्थ्यो ।’
आफूहरु भक्तपुरजिल्लाको भएपनि काठमाडौं महानगरपालिकालेआएरअत्याचार गरेको उनको गुनासो छ । बालबच्चा र बृद्धबृद्धा रुवाबासी गरेपनिमहानगर निर्दयीभएको उनले बताए ।
सोही बस्तीमा बस्दै आएकीमायाखापुङ्गमहानगरप्रतिआक्रोश पोख्दै भन्छिन्,‘महानगरले अन्यायमात्रहोइन अत्याचार नै गर्यो । सामानझिक्न समेत दिएन् । एकाएक डोजर चलाउनथाल्यो । व्यवस्थित गर्छु भन्ने सरकारको पारा यहीहो त ?’
पूर्व जानकारी समेत नदिएमहानगरले डोजर चलाएकाले अत्याचारको पराकाष्ट भएको उनको दाबी छ । ‘हामीलाई केहीजानकारी थिएन् । यसरी भत्काउनु थियो भने पहिले नै खबर गरेको भएहुन्थ्यो । पकाएर खाने भाँडा र लगाउने लुगाफाटा समेत निकाल्नदिएनन् । घरभित्रबालबच्चा सँगै सबै परिवार हुँदाहुँदै एकाएक गरेर भत्काइयो । अपांगबच्चाथियो उसलाई समेत निकाल्नपाइएन । निकाल्नजानेलाई समेत कुटपिट भयो,’ पीडित खापुङले भनिन् ।
प्रतिकारका क्रममा धेरैजना घाइते भएको, अंगभंगबनाएको र हिडडुल समेत गर्न नसक्नेगरी कुटपिट भएको उनको गुनासो छ । ‘यो त अत्ति नै भयो । हामी जस्तो गरिब दुःखीलाई यस्तो गर्नु ठिक हो र ?अहिले एकदमै बिचल्लीअवस्था छ । कतैबाट राहतआएको छैन् । कोहीआएका छैनन् । सुकुम्बासी बस्ती व्यवस्थित गर्छु भन्ने सरकार कहाँ छ ?’ उनले प्रश्न गरिन् । तर यता, काठमाडौं महानगरपालिकाले पटक पटक सूचनादिएको र केहीभूमाफियाले जग्गाकिनेर घर बनाएको सूचना पाएपछि अवैध संरचनाभत्काइएको जनाएको छ ।
मनोहरा जग्गाएकीकरण आयोजनाको आग्रह र मेयर बालेन शाहको निर्देशनमाअनधिकृत संरचनाहरू भत्काइएको नगर प्रहरी प्रमुख राजु पाण्डेले संचारर्कीहरुलाई जानकारी दिए ।
पाण्डेका अनुसार सोझासाझाव्यक्तिहरुलाई फसाएर भू माफियाहरुले जग्गा हडप्ने प्रयास गरेको र अनधिकृत तरिकाले व्यक्तिको सम्पत्तिकब्जा गर्नेप्रयास भइरहेकाले महानगरको निर्देशनमा डोजर चलाइएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया