News and Updates

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–७, स्पेसलचोकमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
आइतबार बिहान करिब १स्४५ बजे गोल्फुटारतर्फ जाँदै गरेको प्रदेश ३–०२–००२ प ५७२ नम्बरको सुजुकी जिक्सर मोटरसाइकल र बूढानीलकण्ठतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका सिराहाका २९ वर्षीय भोला थापाको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। त्यस्तै, अन्दाजी ३५ वर्षका नाम, थर र ठेगाना नखुलेका एक पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गोरखा २४ वर्षीय एरिक परियार घाइते भएका छन्। उनको निधार र खुट्टामा चोट लागेको र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
अन्य दुई युवकको टाउकोमा चोट लागेको छ। दुबै जनाको अवस्था गम्भीर छ र उनीहरूको समेत त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया