Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

बलान नदीमा डुबेर बालक बेपत्ता

रातो कागज
6 घण्टा अघि

सिरहा, २७ साउनः यहाँको सखुवानन्कारकट्टी गाउँपालिका–३ स्थित परीयारपुरका शिवकुमार यादवका १४ वर्षीय घनश्याम यादव बलान नदीमा डुबेर बेपत्ता भएका छन् ।

सोमबार बिहान नुहाउने क्रममा डुबेका घनश्यामको खोजी कार्य जारी रहे पनि साँझसम्म फेला परेका छैनन् । बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी सहित खोजतलासमा तालिम प्राप्त विपद् व्यवस्थापन टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल नं ७ गणका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए ।

बलान नदीको पानी धमिलो हुनुका साथै बगेर आउने बालुवाको थुप्रोले खोजीमा कठिनाइ उनले बताए। नदीमा अत्यधिक बालुवा जमेको छ, जसले बालकलाई पुरेको हुनसक्ने अनुमान गरेका छौँ, उनले भने ।

नदीको बहाव, पानीको गहिराइ र जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले प्रदेश कार्यालय बर्दिबास मार्फत गोताखोर टोलीको माग गरेको थियो । सो टोली सोमबार बिहान मात्र घटनास्थलमा पुग्ने जनाइएको छ ।

नदीले बालकलाई बगाएर भारतीय सीमा पार गराएको हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै भारतीय सुरक्षाकर्मी सँग समन्वय गरिएको भण्डारीले बताए । बालक बेपत्ता भएपछि गाउँ शोकमा डुबेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया