Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

मधेश प्रदेशका विपक्षी दलहरुले बुझाए मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

रातो कागज
23 घण्टा अघि

जनकपुर ।मधेस सरकारले मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुबाहेककेहीगर्न नसकेको भन्दै विपक्षी दलहरुले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

शुक्रबार मधेश प्रदेशमा प्रतिपक्षी दलहरुमा रहेका जनता समाजवादी पार्टी नेपाल, ने.क.पा. माओवादी केन्द्र, ने.क.पा. एकिकृत समाजवादी, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीका सांसदहरुले मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई संयुक्त रुपमा ९ बुंदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ध्यानाकर्षण पत्रमा मुख्यतः मधेश प्रदेशमा हाल विद्दमान रहेको पानीको समस्यालाई केन्द्रित गरिएको छ ।किसानका लागि सिचाई र प्रदेशवासीका लागि पिउने पानीको व्यवस्था मिलाउन सरकारलाई ठोस नितिको व्यवस्थागर्न ध्यानाकर्षण गराएका छन् ।

ध्यानाकर्षण पत्रमा उल्लेखित९ बुंदे मागहरु यस प्रकार रहेका छन् ।

१ सुख्खाग्रस्त क्षेत्रहरुमा सिचाईको प्रबन्ध अविलम्ब गरियोस् ।
२. सुख्खाग्रस्त, संकटग्रस्त क्षेत्रकाकिसानहरुलाई कृषि ऋणमा छुट दिलाउन संघीय सरकारलाई अनुरोधगर्नेकार्य अविलम्ब गरियोस् ।
३. किसानहरुमा न्यायोचितकिसिमले मल खाद्यको वितरणको प्रबन्ध मिलाउने कार्य गरियोस् ।
४. वीरगंज लगायत मधेश प्रदेशकाविभिन्न सहरहरु तथा ग्रामिण क्षेत्रमाखानेपानीको चरम देखिएकोले अविलम्ब खानेपानीको लागि आवश्यक व्यवस्था गरियोस् ।
५. मधेश प्रदेशलाई दिर्घकालिन रुपमा यस्तो जल संकटबाट जोगाउननेपालको जीवन रेखा चुरे बन क्षेत्रको संरक्षण तथा जलासयनिर्माण गरियोस् ।
६. कृषि ज्ञान केन्द्रहरुबाट बोरिङ जडानका लागि जारी गरिएको सूचना झनझटिलो तथा विभेदपूर्ण रहेको छ ।केहि पालिकाहरु छुट्न गएकाले ति पालिकाहरुलाई बोरिङ जडान कार्यबाट बञ्चित नगरियोस् । कृषकहरुलाई २ विद्या जग्गाको लालपुर्जाको प्रतिलिपी बुझाउने कार्य साधारण किसानहरुको लागि झनझटिलो रहेकोले यस्ता प्रावधान हटाइयोस् ।
७. मधेश प्रदेशमा रहेका नदी नाला कुलो, पैनी, पोखरीहरुलाई जिर्णोधार तथा व्यवस्थित गरि सतहसिचाईको सुविधा नभएका खेतहरुमा सतहिसिचाँईको प्रबन्ध मिलाउने कार्य अविलम्व गरियोस् ।
८. अन्नदाता किसानहरुको फसलको लागि कृषि ऋण तथा खेतीगर्न आवश्यकपर्नेकृषि यन्त्र सामग्रीहरु विशेष सहुलियत स्वरुप अनुदानमा उपलब्ध गराउनुपर्दछ ।
९. तराई मधेशमा चुरेको दोहनहुनेगरी ढुंगा, गिटी, बालुवा झिक्ने कार्य तथाअवैध कसर उद्योग संचालन गर्नेकार्य तराई मधेशको भुमी मरुभुमीमा परिणत गरिरहेकाले यस्ता कार्यलाई तत्काल रोकियोस् ।
१०. अधुरो सतहीसिचाई तथा भूमिगत सिचाई (डिप ट्युवेल) जडान भएर पनि संचालन हुन नसकेकालाई अविलम्व संचालनमा ल्याउने कार्य गरियोस् साथै कृषि विद्युतिकरण गर्नेकार्यलाई अविलम्व प्राथमिकतामा राखि अगाडी बढाउने कार्य गरियोस् ।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेश सरकारले पानीको समस्या समाधानका लागि जोडतोडले काम गरिरहेको जानकारी दिए । उनले पिउने पानीको आपूर्ती सहज बनाउनका लागि ट्याङकर र बारुण यन्त्रको समते प्रयोग गरी पानीको चरम अभाव रहेका स्थानहरुमा दैनिकलाखौं लिटर पानी आपूर्ती भइरहेको जानकारी दिए ।

किसानहरुका लागि भनिएको डिप बोर्डिङ जडान कार्य अन्तिम चरणमा रहेको र सम्भवतः २ दिन भित्र केही स्थानहरुमा डिप बोर्डिङ बाट पानी आउन थाल्ने मुख्यमन्त्री सिंहले बताए ।केही स्थानहरुमा पालिकासंगको समन्वमाकेही समस्या भइरहेकाले ढिलौ भइरहेको उनको भनाई छ । ती स्थानहरुमा पनि केही दिन ढिलो भए पनि स्थान छनोटको काम भएलगत्तै बोर्डिङ जडान हुने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया