२१ फाल्गुन २०८२, बिहीबार
मधेश मुख्‍य समाचार समाचार

वीरगञ्ज नाकाबाट दुई हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज पर्सा, ९ साउनः वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा रु एक अर्ब ६४ करोड मूल्य बराबरका साना–ठूला दुई हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार कार्यालयले गत आवमा विद्युतीय सवारीसाधनको आयातबाट रु एक अर्ब ८० करोड ४५ लाख राजस्व सङ्कलन गरेको हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले वीरगञ्ज नाका हुँदै विद्युतीय भन्दा इन्धनबाट चल्ने सवारीसाधन बढी भित्रिएका छन् । गत आवमा रु १२ करोड छ लाख मूल्य पर्ने १६ थान विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् । ती सवारी साधनको आयातबाट रु १९ करोड ७४ लाख राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।

सोही अवधिमा ५१ किलोवाटदेखि एक सय किलोवाट क्षमताका रु १३ करोड चार लाख मूल्य पर्ने ५० थान विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् । एक सय एक किलोवाटदेखि दुई सय किलोवाट क्षमताका रु २४ करोड ८० लाख मूल्य बराबरका ३६ थान विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् । यो नाका हुँदै रु ४३ करोड दुई लाख मूल्य पर्ने एक हजार ८२१ थान विद्युतीय मोटरसाइकल आयात भएका छन् ।

प्रमुख भन्सार प्रशासक लामिछानेका अनुसार रु १२ करोड छ लाख मूल्य पर्ने दुई सय एक किलोवाटदेखि तीन सय किलोवाट क्षमताका १६ थान विद्युतीय जिप, कार र भ्यान पनि आयात भएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि