Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

अबको १० दिनमा किसानहरुको मुहारमा खुशी आउनेछ : मन्त्री अधिकारी

News and Updates
16 घण्टा अघि

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले लगभग ९० करोड रुपैंयाँ दुग्ध विकास संस्थाले कृषकलाई भुक्तानी गर्न बाँकी रहेको भन्दै अवको १० दिनमा समाधान निकाल्ने बताएका छन् ।

बुधबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले साढे तीन अर्ब भन्दा धेरै कृषकहरुको पैसा सरकारी, निजी, साझेदारी र व्यक्तिगत फर्मवालाहरुले तिर्न बाँकी रहको बताएका हुन् ।

उनले भने,‘दुधको समस्या छ । १० दिनपछि केही खुशी अनुहार लिएर आउन सक्छौ होला । १० पछि केही राम्रा कुराहरु लिएर आउन सक्छौ होला । लगभग ९० करोडको हाराहारीमा दुग्ध विकास संस्थाले किसानको पैसा तिर्नुछ । समग्रमा साढे तीन अर्ब  भन्दा धेरै कृषकहरुको पैसा सरकारी, निजी, साझेदारी र व्यक्तिगत फर्मवालाहरुले तिर्न बाँकी छ । सत्य कुरा बोल्नुपर्छ ।’

उनले उखु किसानको लागि अर्थ मन्त्रालयमार्फत दामासाहीका हिसावले रकम निकासा भएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया