५ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार

रसुवा अपडेट : रसुवागढीमा सात जनाको मृत्यु, ५५ को उद्दार

काठमाडौं । तिब्बतमा आएको अबिरल बर्षाको कारण रसुवागढीमा आएको बाढीमा परेर सात जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीले अहिलेसम्म ५५ जनाको उद्दार गरिएको र सात जना मृत फेला परेका जनाएको हो । वेपत्ता हुनेको संख्या १८ जना पुगेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान करिव ३ बजे तिब्बतमा परेको अबिरल बर्षाको कारण भारी मात्रामा बाढी आइ रसुवाको गोसाइकुण्ड गाउपालिका वडा नम्बर .२ स्थित रसुवागढीमा साढे ११ बजेसम्म तीन जना प्रहरी कर्मचारी, ६ जना चिनिया नागरिक र ९ जना सर्वसाधारण वेपत्ता रहेको नेपाल प्रहरीले जनाएको हो ।

गोसाइकुण्ड गाउँपालिका १, २ र ३,आमाछोदिङमो गाउँपालिका १, २, ४ र ५ उत्तरगया गाउँपालिका २,४,५ ,कालिका गाउँपालिका एक प्रभावित भएको प्रहरीले जनाएको छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको