News and Updates
9 घण्टा अघि

काठमाडौं । तिब्बतमा आएको अबिरल बर्षाको कारण रसुवागढीमा आएको बाढीमा परेर सात जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीले अहिलेसम्म ५५ जनाको उद्दार गरिएको र सात जना मृत फेला परेका जनाएको हो । वेपत्ता हुनेको संख्या १८ जना पुगेको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान करिव ३ बजे तिब्बतमा परेको अबिरल बर्षाको कारण भारी मात्रामा बाढी आइ रसुवाको गोसाइकुण्ड गाउपालिका वडा नम्बर .२ स्थित रसुवागढीमा साढे ११ बजेसम्म तीन जना प्रहरी कर्मचारी, ६ जना चिनिया नागरिक र ९ जना सर्वसाधारण वेपत्ता रहेको नेपाल प्रहरीले जनाएको हो ।
गोसाइकुण्ड गाउँपालिका १, २ र ३,आमाछोदिङमो गाउँपालिका १, २, ४ र ५ उत्तरगया गाउँपालिका २,४,५ ,कालिका गाउँपालिका एक प्रभावित भएको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया