२८ आश्विन २०८२, मंगलवार
मुख्‍य समाचार समाचार

सभामुख घिमिरेले गरे ‘छिन्नलता गीत पुरस्कार गुठी’को प्रशंसा

काठमाडौं । सभामुख देवराज घिमिरेले ‘छिन्नलता गीत पुरस्कार गुठी’को प्रशंसा गरेका छन् ।

गुठीले प्रतिभा विकास गर्ने सन्दर्भमा र सम्मान गर्नैपर्ने व्यक्तिहरुलाई चिनेर सम्मान एवम पुरस्कार दिने गरेको भन्दै प्रशंसा गरेका हुन् ।

गुठीका संस्थापक तथा गीतकार स्व. रमोलादेवी शाह‘छिन्नलता’ को जन्ममितिका अवसरमा आइतबार काठमाडौँमा आयोजित समारोहमा सभामुख घिमिरेले संस्थाले आर्थिक विकाससँगै प्रतिभाको क्षमता वृद्धिमा भूमिका निर्वाह गरेको बताए ।

छिन्नलताको १०३ औँ जन्मजयन्ती तथा ४३ औँ ‘छिन्नलता गीत पुरस्कार समर्पण समारोह २०८२’ कार्यक्रममा बोल्दै उनले समाजमा लुकेर बसेका प्रतिभालाई खोजेर सम्मान गर्ने कामको प्रशंसा गरेका हुन् ।

गुठीले यसअघि नै २०८१ को छिन्नलता पुरस्कार गायक रामभक्त जोजिजु र गायिका इतु जोजिजुलाइ प्रदान गर्ने निर्णय गरेको थियो ।

छिन्नलता गीत पुरस्कार भने गीत रचनातर्फ राजेन्द्र रिजाल ,सङ्गीततर्फ आभास (अच्युत फुयाल ) त्यसैगरि युवा प्रतिभा पुरस्कार एसडि योगीलाइ २०८१ सालको लोकप्रिय गीत ’रुकुममै कोट’को  स्वरका र सङ्गीतको लागि प्रदान गर्ने निर्णय भएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि