२० माघ २०८२, मंगलवार
पर्यटन मधेश मुख्‍य समाचार समाचार

मणिमण्डप क्षेत्रको सौन्दर्यीकरणका काम अन्तिम चरणमा

महेन्द्रनगर (धनुषा), २० असार । जनकपुरधामलाई वैवाहिक गन्तव्यस्थलका रूपमा विकास गर्ने उद्देश्यसहित ऐतिहासिक मणिमण्डप क्षेत्रको सौन्दर्यीकरण अन्तिम चरणमा पुगेको छ ।

 

सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरधामका प्रमुख विनोद यादवले करिब चार बिघा क्षेत्रफलमा मणिमण्डप क्षेत्रको सौन्दर्यीकरणको काम करिब ९५ प्रतिशत पूरा भएको जानकारी दिए ।

 

रु १८ करोड ९१ लाखभन्दा बढीको लागतमा जनकपुरधामको मणिमण्डपसहित यहाँका पाँच स्थानमा काम भइरहेको त्यसमध्ये बढी लागतमा धार्मिक पर्यटकीयस्थल मणिमण्डप सौन्दर्यीकरण भइरहेको उनले बताए । निर्माण सम्पन्न भएपछि यसलाई जनकपुरधाम उपमहानगरपालिकालाई हस्तान्तरण गरिने जनाइएको छ ।

 

जनकपुरधाम उपमहानगरपालिका–१३ का वडाध्यक्ष जितबहादुर राउतले ऐतिहासिक महत्त्वको मणिमण्डपलाई विश्वका हिन्दू धर्मावलम्बीका लागि आकर्षक वैवाहिकस्थल बनाउन थालिएको र त्यसक्रममा सुविधा सम्पन्न प्यालेस भवन निर्माण भएको बताए । उक्त भवनमा ७० जना अटाउने हलसहित २१ वटा कोठा छन् । साथै यहाँ दुई वटा सुविधा सम्पन्न २४ कोठे धर्मशाला, विवाहमण्डप र दुई वटा पवेलियम रहेका छन् ।

 

आयोजना आर्थिक वर्ष २०७४र७५ देखि सुरुआत गरिएकामा यही असारभित्रमा सम्पन्न गर्ने योजना छ । निर्माण कम्पनी रविना कन्स्ट्रक्सनका इञ्जिनियर निर्मलकुमार यादवले सोहीअनुसार अन्तिम चरणका काम भइरहेका बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि