२७ आश्विन २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार समाज

सडक बत्तीको गुणस्तर अनुगमनमा मधेश प्रदेशका ऊर्जामन्त्री

जनकपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जनकपुरधाम–ढल्केवर सडकखण्डमा हाल जडान भइरहेको सडक बत्तीको कार्य र गुणस्तर चेकजांच गर्न ऊर्जा, सिचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव आफैं अनुगमन गर्न निस्केका छन् ।

 

गुणस्तरीय कार्य सुनिश्चित गर्न तथा कुनै पनि गुनासो नआओस् भन्ने उद्देश्यका साथ मन्त्री यादवले आफैँ अनुगमनमा निस्कनु भएको हो । प्राविधिक टोलीसँग बत्तीको गुणस्तर, जडान प्रक्रिया, विद्युत आपूर्तिको अवस्थालगायतका पक्षमा जानकारी लिइ उनी अनुगमन गरिरहेका छन् ।

 

मन्त्री यादवले जनताको करबाट निर्माण हुने पूर्वाधारको दीर्घकालीन उपयोगिता सुनिश्चित गर्न र कामप्रति कसैको गुनासो नआओस उद्देश्य अनुगमन कार्यलाई तिव्रता दिइएको उनले बताए ।

 

स्थानीय बासिन्दाले समेत मन्त्री यादवको प्रत्यक्ष अनुगमनलाई सकारात्मक रूपमा लिँदै सडक बत्तीको प्रभावकारिता र सुरक्षा अभिवृद्धिमा विश्वास व्यक्त गरेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि