नेपाल न्युज बैंक
10 घण्टा अघि

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलमा सेफ्टि ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ । दुबै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टि ट्यांकीमा खसेका हुन ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साह सेफ्टिक ट्यांकीमा खसेका हुन ।
घटनाको जानकारी पाउनसाथ तत्काल उनीहरुलाई त्यहाँबाट निकालेर उपचारका लागि सरकारी अस्पतालमा लगिएको थियो तर चिकित्सकहरुले ८ः१५ बजे मृत घोषणा गरेको उनले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया